२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कपुरकोट गाउँपालिकाले वार्षिक समिक्षा गरि निचोड निकाल्यो

१४ कार्तिक २०७५, बुधबार १२:४९

कात्तिक १४, सल्यान । सल्यानको कपुरकोट गाउापालिकाले वार्षिक समिक्षा कार्यक्रम समपन्न गरेको छ । जनप्रतिनिधी आएपछि भएका कामको समिक्षा र प्रगती प्रस्तुत गरिएको हो । वडा कार्यालय, विषयगत कार्यालय तथा विभिन्न शाखाहरुले दुई दिन सम्म गएको वर्ष संचालित योजना तथा कार्यक्रमको मसिनो ढंगले समिक्षा गरेका छन् । गोष्ठीमा वडा अध्यक्षहरुको गुनासो देखि सृजनशिल कामहरु र विषयगत शाखा सञ्चालनमा आएका समस्या र समस्या समाधानका उपायहरुका बारेमा समेत गहिरो ढंगले छलफल भएको गाउँपालिकाका सूचना अधिकारि जीवराज केसीले जानकारि दिए ।


मंगलबार र बुधबार गरि दुई दिन चलेको समिक्षा गोष्ठीमा समग्र गाउँपालिकाको प्रगति प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत गत आर्थीक वर्ष २०७४।०७५ मा पूर्ण खोप सुनिश्चीत गाउँपालिका घोषणा, गाउँपालिका भवन निर्माण कार्य अघि बढ्नु र  मुख्य वजार क्षेत्र ( कपुरकोट) को फोहोर व्यवस्थापनका लागि समिति गठन तथा परिचालन, फोहोर व्यवस्थापन केन्द्र निर्माण हुनु जस्ता कार्य प्रमुख उपलव्धीको रुपमा रहेको बताए ।

वार्षिक वित्तीय प्रगती सुनाउँदै रिजालले भने, गत वर्ष कुल बजेट २३ करोड ६२ लाख २३ हजार ८ सय मध्ये २१ करोड ८७ लाख ४३ हजार ४५६ रुपैयाँ खर्च भएको छ ।


कस्तो छ गाउँपालिकाको भौतीक प्रगती ?

गाउँपालिकाले गत वर्ष नयाा कच्ची सडक ५१ वटा निर्माण भएको जनाएको छ । यस्तै ४४ वटा खानेपानी, ३ वटा कुलो र ६ वटा पोखरि, १० वटा कृषि टहरा, ३ वटा खोप केन्द्र, एउटा विद्यालय भवन तथा २१ वटा विद्यालय फिल्ड र अन्य पूर्वाधार निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत रिजालले जनाए ।

यस्तै ४३ वटा प्रविधि हस्तान्तरण तथा क्षमता विकास तालिम सञ्चालन गरिएको, ६ वटै वडाबाट स्वास्थ्य सेवा प्रदान गरिएको, पूर्ण सरसफाई तर्फ उन्मुख रहेको, विद्यालय शिक्षा तथा परीक्षा प्रणालीमा एकरुपता कायम गर्न शैक्षिक क्यालेण्डर निर्माण तथा कार्यान्वयनमा ल्याइएको जस्ता प्रमुख प्रगती उनले समिक्षा गोष्ठीमा सुनाए । कपुरकोट गाउँपालिकाले २९ वटा ऐन तथा नियमावली समेत पारित भइसकेको जनाएको छ ।  

कार्यक्रममा वडाअध्यक्षहरुले परम्परागत मेलापर्वका विकृतीहरु जुवा, तास, मदिरा सेवन जस्ता कार्यलाइ नियन्त्रण गर्न सफल भएको जनाएका थिए ।

गाउँपालिकाले आगामी वर्ष भौतिक पूर्वाधारहरुको स्तरोन्नती तथा नयाँ निर्माण, कृषि विकास तथा अर्र्गानिक खेती विकास, ग्रामिण बिद्युतिकरण, वन वातावरण संरक्षण, सामाजिक विकास, सांस्कृतिक पहिचान तथा संरक्षण र मानव संसाधन विकासलाइ प्रमुख नितीको रुपमा लिएको छ ।

यस्तै पाँच वर्ष भित्रमा सवै वडा कार्यालय सम्म पक्की मोटरबाटो पुर्याउने र अर्गानिक तरकारी खेती, नमुना फलफुल खेती, उन्नत जात तथा तरिकाको कृषि तथा फलफुल खेतीको माध्यमबाट कृषि पर्यटनको विकास गर्ने नीति पनि गाउापालिकाले लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान