२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको १ नगरसहित ४ गाउँपालिकामा विद्युत अभाव, सोलारकै भरमा कार्यसम्पदान

२०७५, १५ कार्तिक बिहीबार ११:०४

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | जिल्लाका स्थानिय तहहरुमा विद्युत सेवा नहुदा कार्यलयको कामकाजमा समस्या भएको छ । ४ नगरपालिका र ६ गाउपालिका गरि १० वटा स्थानिय तह रहेको बैतडीमा एक नगरपालिका सहित चार गाउपालिकामा विद्युत सेवा नहुदा गाउपालिका तथा नगरपालिका कार्यलयको कामकाज सोलार बत्तिको भरमा सञ्चालन भइरहेका छन । 

जिल्लाको पुर्चाैडी नगरपालिका, सिवनाथ गाउपलिका, सिगास गाउपालिका, पञ्चेश्वर गाउपालिका र डिलासैनि गाउपालिकाको कार्यालयमा बिद्युत सेवा नहुदा कार्यलयले दैनिक कामकाज सोलार बत्तिको भरमा सञ्चालन गर्दै आएका छन ।

घाम लागेको बेला सोलार बत्तिले काम गर्ने र घाम नलागेको बेला सोलार बत्तिले काम नगर्ने हुदा स्थानिय तहहरुलाई कार्यासम्पादनमा समस्या भएको छ । सोलारले घाम परेको बेला मात्रै काम गर्ने र घाम नलागेको बेला काम नगर्ने भएकाले कार्यसम्पादनमा समस्या भएको सिगास गाउपालिका उपाध्यक्ष द्रोपति चन्दले जानकारि दिनुभयो । 

कम्प्युटरको माध्यमबाट आयव्याय तथा प्रशासनिक कामहरु गर्नुपर्ने भएकाले बिद्युतले जस्तै सोलारले सजिलै सँग कम्युटर नचल्ने गरेको उहाले बताउनुभयो । 

लगातार दुइ तीन दिन सम्म घाम नपरेमा सोलार ब्याट्रीले पावर नधान्ने भएकाले कार्य सम्पादनमा समस्य हुने गरेको छ । पन्चेश्वर गाउपालिकामा पनि विद्युत सेवा नहुदा कार्यसम्पादन गर्न सोलारकै भर पर्नूपरेको गाउपालिका अध्यक्ष गोरख बहादुर चनले बताउनुभयो । 

सोलार बत्तीकै भरमा प्रिन्ट, फोटोकपी, कम्प्यूटर समन्धी समाग्रीहरु नचल्दा सेवाग्राहिको काममा ढिलाई हुने गरेको पुर्चाैडी नगरपालिकाका कार्यकारि  अधिकृत पृथ्बीराज अवस्थीले बताउनुभयो । 

लगातार दुइ तीन दिन सम्म घाम नपरेको बेला ब्याट्री ब्यकपले नधान्ने भएकाले कार्य सम्पादनमा समस्य हुने गरेको उहाले बताउनुभयो । 

शिवनाथ गाउपालिका पनि सोलार बत्तिको भरमा काम गर्दा कार्यसम्पादन प्रभावित हुने गरेको गाउपालिकाका अध्यक्ष कर्णसिह साउदले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा