२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा युवाहरुबीच झडप हुँदा एकको मृत्यु, ६ जना पक्राउ

२०७५, १६ कार्तिक शुक्रबार १०:३८

कात्तिक १६, कावासोती | नवलपरासीमा आपसी विवादका कारण कुटपिट हुँदा एकजना युवकको मृत्यु भएको छ। पूर्वी नवलपरासीको कावासोती नगरपालिकास्थित डण्डाबजारमा रहेको मामा भाञ्जा होटलमा बिहीबार राति झगडा हुँदा २३ वर्षीय विष्नु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए। 

राति करिब १ बजेतिर थापासहित केही युवाहरु मदिरा सेवन गरेर बसेका थिए । झगडा हुन थालेपछि होटल सञ्चालकले थापासहित अन्य युवालाई बाहिर निकालेका थिए। मदिरा खाएर मातेका युवाले सडक छेउ पुग्दासम्म थापालाई निर्घात कुटपिट गरेकाले मृत्यु भएको अधिकारीले जानकारी दिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बोत्तल र मुक्का प्रहारबाट थापाको मृत्यु भएको देखिएको छ।

मध्यविन्दु नगरपालिका-७ अम्रसा गाउँका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा शुक्रबार मृत्यु भएको हो। पूर्वी रिसिबीसमेत नभएकाले के कति कारणले झगडा भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको अनुन्धान गर्न होटल सञ्चालकसहित संलग्न ६ जना युवालाई पक्राउ गरिएको निरीक्षक अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै