२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शौच गर्न गएकी एक बालिका बलात्कृत

२०७५, १७ कार्तिक शनिबार ०६:५०

कात्तिक १७, कपिलवस्तु । कपिलवस्तुमा फेरी अर्की १३ वर्षीय बालिका बलात्कृत भएक्पो घटना बाहिरिएको छ | जिल्लाको शिवराज नगरपालिका वडा नं. १ मा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । गत बुधबार राति शौच गर्न जाँदा स्थानीय २२ वर्षीय खिम बहादुर वि.क.ले बारीमा लगेर जवरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छन् ।

बालिकाका परिवारले विकविरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिएका छन् ।


देउँसी भैलोको तयारी गरी राति करिब १० बजे घरमा आएकी बालिका शौच गर्न घर नजिकैको शौचालयमा जाँदै गर्दा विकले जबरजस्ती तानेर मुख थुनिदिएर बलात्कार गरेको पीडितको आरोप छ । परिवारलाई राति नै बालिकाले घटनाबारे बताए पनि परिवारले बिहीबार बिहान मात्रै प्रहरीलाई खबर गरेको थियो ।

उजुरीका आधारमा प्रहरीले युवकलाई बिहीबार नै पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले बताए ।

प्रहरीका अनुसार पीडित बालिकालाई जिल्ला अस्पतालमा उपचार गरेर घर पठाइएको छ ।

विकले भने आफूले करणी नगरेको प्रहरी समक्ष दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते