२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मध्य पहाडि लोकमार्गमा डरलाग्दो दुर्घटना, कसरी भयो त घटना ?

२०७५, १७ कार्तिक शनिबार १४:२०

कमल पौडेल | कात्तिक १७, बडिगाड (बागलुङ) | मध्यपहाडि लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका वडा नं. २ को सक्नयार आकाशे पुल नजिकै लु ६ प ८१३७ नं. को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । 

सो दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका वडा नं. ६ भुवाचिदि निवासी वर्ष ४० का मेनुका शर्माको ज्यान गएको हो भने उहाँका श्रीमान् वर्ष ४६ का ध्रुव रिजाल गम्भिर घाइते हुनुभएको हो । घाइतेको खर्वाङमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ । रिजालको टाउकोमा चोट लागेको छ । दुवै जना तुरतुरे ताल हेरेर फर्किने क्रममा सडकवाट झण्डै सय मिटर तल बडिगाड खोलामा खसेका थिए । मेनुकालाई खोलाले वगाएको थियो । खारपानीमा उनको शव निकालिएको थियो । अहिले इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट इस्पेक्टर ओम प्रकाश यादवको टोलीले घटनास्थलको मुचुल्का तयार गरेपछि शवलाई गुल्मीको मजुवामा पोष्टमार्टमको लागि पठाइएको खर्वाङ प्रहरी चौकीका प्रनानी लाल वहादुर चौधरीले जानकारी दिनुभएको छ । 


दुर्घटनामा पर्ने दुवैजना त्रिभुवन माविका शिक्षक हुनुहुन्छ। माध्यमिक तहको स्थायी शिक्षक रहेका ध्रुव र प्राथमिक तहको राहत शिक्षक रहेकी मेनुका ताल हरेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । परिवारमा वृद्ध बाबा आमा सहित  एक छोरा र एक छोरी रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ । घटनाले त्रिभुवन मावि भुवाचिदि सहित वजार नै शोकमा डुवेको छ ।


कसरी भयो त घटना ?

तुरतुरे ताल हेरेर फर्किने क्रममा आकाशेपुल नजिकै घुम्तिमा मोटरसाइकल नघुमि छेवैमा रहेको पोलमा ठोकिएको थियो । सो पोलमा मोटरसाइकल ठोकियपछि मोटरसाइकलको पछाडि रहेकी मेनुका उछिट्टीयर खोलामा पुग्नुभएको थियो र खोलाले वगाएको थियो । 

चालक श्रीमान् ध्रुव भने छेवैवाट धसारिँदै केहि तल अड्किएको अवस्थामा संगै पछाडि आएका साथीले उद्धार गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै