२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ दुर्घटना: २० घाइते, ६ जनाको अवस्था गम्भीर

२२ कार्तिक २०७५, बिहीबार १६:०८

कात्तिक २२, धादिङ (रासस) | धादिङ चरौँदी र ससाहमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा २० घाइते भएका छन् । 

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा२ख ४२४७ नं को माइक्रो र बिपरीत दिशाबाट आउँदै गरेको बा५ख ७५० नं को आइचर एक धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौँदीमा एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १८ जना घाइते भएका छन् । 

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घइतेको राजमार्गस्थित सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो । 

यसैगरी निलकण्ठ नगरपालिका–८ कालुपाण्डेमार्गको ससाहमा धादिङबाट मलेखुतर्फ आउँदै गरेको कारले बिपरीत दिशाबाट जाँदै गरेको बा५१प ६३३९ नं मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइतेको जिल्ला अस्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका सबै साधन प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य