Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देउसी खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २२, तुलसीपुर (रासस) | दाङको तुलसीपुरमा देउसीभैलो खेल्न हिँडेको टोली बोकेको जिप दुर्घटना हुँदा २७ जना घाइते भएका छन् ।

दुर्घटनामा परेकामध्ये पाँच जना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुई जनालाई घोराही र तीन जनालाई नेपालगञ्ज सिफारिश गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई शसस्त्र प्रहरी, जनपथ प्रहरीले घटनास्थलबाट उद्धार गरेर राप्ती अञ्चल अस्पताल तुलसीपुरमा पु¥याइएको थियो । आदर्श नगर युथ क्लबको देउसीभैलो बोकेको लु१च ७५१६ नं को जिप तुलसीपुर घोराही सडक खण्डको मोतीपुरगेट नजिकै उकालोमा आज दुर्घटनामा परेको थियो ।

क्षमताभन्दा बढी मान्छे राखेका कारण जिप पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विवेक शाहले जानकारी दिनुभयो । जिपका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।