२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ब्लड बैँक स्थापना हुने

२५ कार्तिक २०७५, आईतवार १४:५३

कात्तिक २५, बैतडी | जिल्ला अस्पताल बैतडीमा पहिलो पटक रक्तसञ्चार केन्द्र (ब्लड बैंक)को स्थापना हुने भएको छ । स्पतालमा आउने जटिल किसिमका बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंक को स्थापना गर्न लागिएको हो । 

आ.ब ७५/७६ भित्र नै जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना गरिनेभएकोछ । सुदुरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापनाका लागि ३० लाख रकम विनियोजित गरेको छ । 

प्रसुती गराउने आमाहरु दुर्घटनामा परेका घाइते तथा अपरेशन गर्नुपर्ने बिरामीको लागि तत्काल आवश्यक रगत व्यवस्था गर्न ब्लड बैंकको स्थापना गर्न लागिएको बैतडी क्षेत्र नम्बर (ख) बाट निर्वाचित सुदुरपश्चिम प्रदेश सांसद लिलाधर भट्टले बताउनुभयो ।


प्रसुती शल्यक्रिया दुर्घटनामा परेका घाइते तथा अप्रेसन गर्नुपर्ने बिरामीहरुलाई रगतको आवश्यकता पर्दा नेपाली सेना, नेपाल प्रहरीको भर पर्नु पर्ने त्यस माथि पनि ब्लड ग्रुफ नमिल्ने समस्याले धेरै बिरामीहरुलाई अन्यत्रै रिफिर गर्नु पर्ने बाध्यता रहेकोले ब्लड बैंकको स्थापना भए सो समस्या हट्ने जिल्ला अस्पतालका मे.स डा. जगदीशचन्द्र विष्टले बताउनुभयो ।

रगतको अभावमा गर्भवती महिला र अन्य बिरामीको मृत्यु समेत भएको भन्दै जिल्ला अस्पताल बैतडीले रक्त संचारको स्थापना गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो