४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

देउसीको रकमबाट महिला तथा बालबालिका भवन निर्माण गरिने

२७ कार्तिक २०७५, मंगलवार ०६:४६

कात्तिक २७, सोलुखुम्बु | देउसी भैलोबाट सङ्कलन भएको रकम महिला तथा बालबालिका भवन निर्माणमा खर्च गरिने भएको छ । यहाँको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाले आयोजना गरेको देउसी भैलोबाट सङ्कलन भएको रु तीन लाख २७० भवन निर्माणमा खर्च गर्ने भएको हो । 

वडाध्यक्ष रामसङ्घर्ष किराँतीका अनुसार जनतासँग भेटघाट देउसी भैलो कार्यक्रमअन्तर्गत उक्त रकम सङ्कलन भएको हो । देउसीबाट सङ्कलन भएको रकमले भोज खाने र रमाइलो गर्ने चलन रहेकाले त्यस्ता कार्यलाई निरुत्साहित गर्न भवन निर्माणमा खर्च गर्ने निर्णय गरिएको हो, वडाध्यक्ष किराँतीले भन्नुभयो, “वडामा निर्माण उक्त भवनको लागि गाउँपालिकाबाट रु १० लाख विनियोजन भएको छ, त्यसैमा रकम थप गरेर सोचेको भन्दा राम्रो वनाउने योजना छ ।” 

उपभोक्ता समितिमार्फत योजना सञ्चालन हुँदा कूल बजेटको २० प्रतिशत रकम बराबरको जनश्रमदान गर्नुपर्छ । वडा कार्यालयको संयोजकत्वमा प्रगतिशील महिला समूह, परिवर्तनशील बाल क्लब, र सोही वडाको शुक्रबारे बजार व्यवस्थापन समितिले संयुक्तरुपमा देउसी भैलो कार्यक्रम सञ्चालन गरेको थियो । 

देउसीबाट सङ्कलन भएको रकमको दुरुपयोग गर्न नदिन वडा कार्यालय सचेत रहेको पनि अध्यक्ष किराँतीको दाबी छ । उहाँले भन्नुभयो, “अन्य विभिन्न सङ्घसंस्थाले आफ्नै उद्देश्य राखेर देउसी खेलेका छन् त्यसको वडा कार्यालयले निगरानी राख्नुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ