२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी सँख्या न्युन

२०७५, २८ कार्तिक बुधबार १०:०१

कृष्ण बिष्ट | कात्तिक २८, बैतडी | बैतडीका सामुदायिक बिद्यालयमा बिद्यार्थी सँख्या न्युन रहेको छ । शैक्षिक ब्यवस्थापनमा कमजोरि हुनु, गुणस्तरमा कमी आउनुले गर्दा यहाका सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन रहेको हो । 

सामुदायिक बिद्यालयहरुमा गुणस्तरियता खस्कीदै गइरहेकाले निजि बिद्यलयप्रती अबिभावकको आर्कर्षणले गर्दा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युन रहेको मेलौली नगरपालिकाका शिक्षा साखाका श्रोत ब्यक्ती लालदत्त ओझाले बताउनुभयो । 


जिल्लाका अधिकांस बिद्यालयहरुमा बिद्यार्थी सख्या न्युन रहेको छ । कक्षा १ देखि ५ सम्म पडाइहुने भुमिराज आधारभुत बिद्यालय मेलौली नगरपालिका वडा नं देउरालीमा २३ जाना बिद्यार्थीमा त्रै अध्यानरत छन भने ५ जाना शिक्षीक छन । यस्तै मेलौली   नगरपालिका वडा नं ५ स्थित शिवसंकर आधारभुत बिद्यालय पेलामा पनि ३३ जाना मात्रै बिद्यार्थी सँख्या रहेको छ । 

यस्तै पाटन नगरपालिका वडा नं १० स्थित शिद्ध सिगास आधारभुत बिद्यालय मा २२ जाना मात्रै बिद्यार्थी अध्यानरत रहेको सोहि बिद्यालयका प्रद्यानाध्यापक गंगा दत्त अवस्थीले जानकारि दिनुभयो । बसाइसराइ र कम जनसंख्याले गर्दा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी संख्यामा कमी आएको उहाले ताउनुभयो  । पहाडीको भेगका सामुदायिक बिद्यालयमा प्रती कक्षा ४५ जाना हुनुपर्ने प्रावधान रहेको भएपनि बैतडीका आधा जती बिद्यालयहरुमा सो मापदण्ड पुरा नभएको पाइएको छ ।  

उच्च स्तरिय शिक्षा आयोगगको प्रतिबेदन २०४९ ले प्रत्येक वडाहरुमा बिद्यालय खोल्ने प्रबधान लिएपछि धमाधम बिद्यालयहरु स्थापना भएकै कारणले अहिले प्रत्येक सामुदायिक बिद्यालयहरुमा बिद्यार्थी सँख्या न्युनको अवस्एथा आएको शिक्षा बिकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारि दिनुभयो । 

बिद्यार्थी सँख्या प्रयाप्त रहेको बिद्यालयहरुमा  पनि बिद्यार्थी सँख्या अनुसार शिक्षक दरबन्दी छैनन । बिद्यार्थी सँख्या नभएको बिद्यालयहरुमा बिद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी धेरै हुदा बिद्यार्थी सँख्या प्रयाप्त रहेको बिद्यालयहरुले शिक्षक दरबन्दीको अभाब झेल्दै आएका छन । पाटन नगरपालिका वडा नं ९ स्थित १ देखि १२ कक्षा सम्म पढाइ हुने ज्ञानेश्वर माबीमा  ५ सय ५० बिद्यार्थी रहेकोमा ८ जाना ना स्थाइ,२ जाना अस्थाइ र बाकी पाच जाना शिक्षकहरु निजि श्रोतमा काम गर्दै आइहरको ज्ञानेश्वर माबि  सह प्रधनाध्यापक धन बहादुर महराले जानकारि दिनुभयो । 

यसरि नै धेरै जसो बिद्यालयहरु निजि श्रोतका शिक्षकहरुको भरमा चल्दै आएको सिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा