युवा मञ्च सिसहनियाँको अधिवेशन मंसिरमा

Posted on: 02 Nov, 2015

सन्तोषकुमार गुप्ता, कात्र्तिक १६, भालुवाङ्ग । लालीगुराँस युवा मञ्च सिसहनियाँको नवौँ बार्षिक साधारणसभा तथा चौथो अधिवेशन अगामी मंसिर महिना भित्र गरिने भएको छ ।

मञ्चका अध्यक्ष सन्तोषकुमार गुप्ताको अध्यक्षता एवम् जिल्ला युवा सञ्जाल दाङ्गका उपाध्यक्ष तथा क्षेत्र नम्बर २ का अध्यक्ष बिदुर एमसीको प्रमुख आतिथ्यमा आईतबार सिसहनियाँमा भएको बैठकले अगामी मंसिर महिना भित्र साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

साधारणसभा तथा अधिवेशन व्यवस्थीत तथा प्रभावकारी बनाउन मञ्चका बरिष्ठ उपाध्यक्ष बाबुराम अधिकारीको संयोजकत्वमा ७ सदस्यीय कार्यक्रम तयारी मूल समिती, महासचिव ओमप्रकाश गुप्ताको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन सििमती, उपाध्यक्ष बसन्तकुमार चौधरकिो संयोजकत्वमा अतिथी स्वागत समिती, सचिव मुना गिरीको संयोजकत्वमा प्रतिवेदन निमार्ण समिती, कोषाध्यक्ष जिबा चौधरीको संयोजकत्वमा आर्थिक समिती गठन गरेको छ । मञ्चका सभा तथा अधिवेशन सिसहनियाँमा गर्ने गरी तयारी समेत शुरु गरेको बताईएको छ ।

साधारणसभा तथा अधिवेशनको मिति भने मञ्चको अगामी बस्ने बैठकले तय गर्ने मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ । सभाका लागि मंसिर १५ गते सम्म मञ्चको सदस्यता समेत खुल्ला गरेको छ । अधिवेशनले अगामी २ बर्षका लागि नयाँ नेतृत्व सर्वसम्मत चयन गर्नका लागि आन्तरिक तयारी समेत शुरु भएको मञ्चले जनाएको छ ।

बि.सं. २०६४ सालमा रेडियो देउखुरीको स्थापना संगै लालीगुराँस युवा मञ्चको स्थापना भएको थियो । मञ्चका पद्धाधिकारीहरुको निष्कर्यताले गत आर्थिक बर्षमा खासै कार्यक्रम हुन सकेको थिएन् । बैठकको सहर्जीकरण मञ्चका महासचिव तथा प्रवक्ता ओमप्रकाश गुप्ताले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!