२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सिसिटिभी क्यामेरा जडान गर्न अनुमति लिनुपर्ने

३ मंसिर २०७५, सोमबार ११:३४

कृष्ण बिष्ट | मङ्सिर ३, बैतडी | सि सि टिभी क्यामेरा जडान गर्न जिल्ला प्रसासन कार्यालय बैतडीको अनुमती लिनुपर्ने भएको छ । हरेक ब्यापारि, बिद्यालय, सरकारि तथा गैर सरकारी कार्यालयहरुमा सी सि क्यामेरा जडान गर्न जिल्ला प्रसासन कार्यालयको अनुमति लिनुपर्ने भएको हो । 

अपराध अनुसन्धान र नियन्त्रण गर्न बिद्युतिय उपकरणको प्रभावकारीता बढाउने प्रयोजनका लागी सि सि टिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले बिद्युतिय उपकरण  जडान तथा सञ्चालन सम्वन्धी “कार्यविधि २०७२” बाट स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्र प्रकास गैरले बताउनुभयो ।

यसका साथै यसअघि अनुमती नलिइ नै सिसिटिभी जडान गरेकाहरुलाई जिल्ला प्रसासन कार्यलय बैतडीमा दर्ता गराउन ३५ दिने अल्टिमेटम दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । सिसिटिभी जडान तथा कार्य्विधि, २०७२ अनुसार सार्वजनिक निकायहरुले गृह मन्त्रालयमा प्रयोजन खुलाई व्यापारिक केन्द्र, निजी प्रयोगकर्ताले पनि जिल्ला प्रशासनबाट अनुमती लिनुपर्ने उहाले बताउनुभयो ।

 बैतडीमा अधिकांस ब्यापारिहरुले अनुमती बिनानै सिसिटिभी जडान गरेकोले स्थानीय प्रशाससनले यस्तो आग्रह गरेको हो । कार्य्विधी अनुसार सिसिटिभी जडान गर्न अनिवार्य अनुमती लिनुपर्ने तथा खिचिएका श्रव्यदृष्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था रहेको छ । 

बिद्युतिय उपकरण प्रयोग तथा जडान कार्यबिधि, २०७२ विपरित सि सि टिभी जडान एवं सञ्चालन  गरेको पाइएमा विद्युतीय ईलेक्ट्रोनिक कारोवार ऐन, २०६३ बमोजिम कार्वाही हुने पनि जिल्ला प्रशासन कर्यालय बैतडीले सुचना जारि गर्दै चेतावनी समेत दिएको छ । 

जिल्ला प्रशासन कार्यालयले अनुमति नलिई सीसी क्यामेरा जडान गरेकाहरुलाई मंसिर ५ भित्र अनुमति लिन सार्वजनिक सूचना जारी गरेकोको हो ।  मंसिर ५ गते पछि अनुगमन गरिने भएकाले  अनुमति नलिइ सीसी  टिभी क्यामेरा जडान तथा सञ्चालन गरेको पाईएमा सो एन बमोजिम कर्वाही  गरिने प्रमुख जिल्ला अधिकारि गैरले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो