२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा एसएमएसबाटै प्रसूति सेवा

२०७५, ४ मंसिर मंगलवार ०५:५१

विनोदसिंह विष्ट |मङ्सिर ४, बैतडी | जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । 

केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिनुभयो । जिल्लामा अहिले १२७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उहाँले बताउनुभयो । गाउँगाउँमा प्रसूति सेवा शुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौँ स्वास्थ्यचौकीका अनमी हिरा बोहराले बताउनुभयो । 

पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने गरेको उहाँले बताउनुभयो । पहिलाको तुलनामा गाउँघरमा हिजोआज धेरै परिवर्तन आएको बोहराले बताउनुभयो । 

सुरक्षित सुत्केरी सेवा लिने बढे 

बैतडीमा सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । यहाँका धेरै महिलाले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । पहिलेपहिले घरमै सुत्केरी हुने महिला आजभोलि सुत्केरी हुन स्वास्थ्य संस्थामै पुग्ने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा सुरक्षित हुन्छन् भन्ने नागरिकमा चेतनाको विस्तार हुँदा महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन पुग्ने गरेका छन् । 

सरकारले स्वास्थ्य संस्थामा गर्भवती आमाले स्वास्थ्यको प्रोटोकलअनुसार चार पटक जाँच गराउँदा रु ८०० र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा रु दुई हजार भत्ता दिने भएकाले पनि सुरक्षित सुत्केरी सेवा लिन स्वास्थ्य संस्था पुग्ने महिलाको सङ्ख्या बढेको देहीमाडौँ स्वास्थ्यचौकीकी अनमी बोहराले बताउनुभयो । साउन महीनाबाट अहिलेसम्म २८ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन् । 

यस्तै पछिल्लो समय केही कारणवश घरमै सुत्केरी भइहाले पनि सुत्केरी आमा स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । सुत्केरी भएको २४ घण्टामा स्वास्थ्य संस्थामा पुगेपछि पनि सुत्केरी आमाले सुत्केरी भत्ता पाउने गरेका छन् । साथै बोहोराले आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेमा जोड दिइएको बताउनुभयो । 

गर्भवतीको तथ्याङ्क मोबाइलबाटै 

मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गरिरहेका छन् । 

महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाका लागि सजिलो भएको छ । संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्यामा वृद्धि नभए पनि मोबाइलबाटै नाम दर्ता गराउनेको सङ्ख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिनुभयो । अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलबाटै दर्ता गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ८३१ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको र स्थानीय तहले उनीहरुको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ । 

स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम दर्ता गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा नाम दर्ता हुने र गर्भवती महिलालाई ४, ६, ८ र ९ महीनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले जानकारी दिनुभयो । 

आफूहरुले मोबाइलमार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीका महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिनुभयो । मोबाइलमार्फत एसएमएस जान थालेपछि पहिला स्वास्थ्य संस्थामा नआउने पनि गर्भजाँचका लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् । मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा