२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा स्वास्थ्य चौकीका सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा

५ मंसिर २०७५, बुधबार ०४:४८

मङ्सिर ५, गौशाला | महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् । 

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताउनुभयो । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताउनुभयो । स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । “उपचार सेवा प्रभावित भएको छ,” पौडेलले भन्नुभयो । 

तीन जना पक्राउ 

महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा डकैती गरेको अभियोगमा प्रहरीले सोमबार तीन जनालाई पक्राउ गरेको छ । आइतबार राति १२ देखि १४ जनाको समूहमा आएका डाकाले खखना गाउँका ललिन यादवसहित तीन जनाको घरमा रु सात लाख बराबरको धनमाल लुटपाट गर्नुका साथै पाँच जनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए । 

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको छ । अनुसन्धानपछि उनीहरुको नाम सार्वजनिक गरिने उहाँले बताउनुभयो । प्रहरी फरार अन्य डाकाको खोजी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो