२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पानीपुरी र चटपट निषेध

५ मंसिर २०७५, बुधबार ०८:५९

मङ्सिर ५, गलकोट | बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । 

पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको सांैन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

‘हेर्दा सामान्य निर्णय जस्तो लागेपनि पानीपुरी तथा चटपटले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव छ,’’ प्रमुख पौडेलले भन्नुभयो, “व्यापार गर्ने धेरै विकल्प छन्, नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ।” हाल बागलुङ बजारमा पानीपुरी तथा चटपटका ठेला देख्नै पाइँदैन, चटपट खान मनै लागे छिमेकी जिल्ला पुग्नुपर्दछ । 

बागलुङ नगरपालिकाले हालै पानीपुरी चटपटमा प्रतिबन्ध गरेपछि नगरका चोक चोकमा खडा भएका पानीपुरी तथा चटपटका पसल पूर्णरुपमा हटेको पाइएको छ । चटपटका पसल हटेसँगै बजारको सौंन्दर्यमा समेत सुधार आएको स्थानीयवासीको भनाइ छ । युवा युवती माझ पछिल्लो समय निकै लोकप्रिय बनेको पानीपुरी तथा चटपट स्वास्थ्यका लागि भने निकै हानिकारक भएको डाक्टरले बताउँछन् । 

नगरको निर्णयले चना चटपट व्यापार गरी जीविकोपार्जन गर्ने व्यवसायीलाई भने समस्यामा पारेको छ । केही पानीपुरी तथा चटपटको व्यवसायी अहिले तरकाली तथा फलफूलको व्यापार शुरु गरेका छन्, भने केही चटपटकै व्यापार गर्न छिमेकी जिल्लामा गएको बताइएको छ । स्वास्थ्यका लागि निकै बेफाइदा रहेको पानीपुरी तथा चना चटपट व्यापारलाई प्रतिबन्ध लगाएसँगै आम नगरवासीले भने यस्तो निर्णयको स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै