२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ४ महिनाको अवधिमा १७ मानब अधिकार उल्लङ्घनका घटना

२०७५, ५ मंसिर बुधबार १०:०४

कृष्ण बिष्ट | मङ्सिर ५, बैतडी | बैतडीमा पछिल्लो चार महिनाको अवधिमा १७ मानव अधिकार उल्लङ्घनका घटनाहरु भएका छन । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बैतडीका अनुसार सबैभन्दा बढी बलत्कारका घटनाहरु भएको छन । 

जसमा ७ बलात्कारका घटना भएका छन भने  अन्य कार्यालयमा दुव्र्यवहार, घरेलु हिंसा, कर्तव्य ज्यान मुद्धा, बहुबिवाह र मानव बेचविखनका घटना भएका छन । 

घरेलु हिंसाका थप ५० वटा ठाडो उजुरी परेको (इन्सेक) बैतडीका प्रतिनिधी नरी बडूले जानकारी दिनुभयो । 

इन्सेक बैतडी र राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘सिमा क्षेत्रका मानव अधिकारका सवाल तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९’ को वर्षिक समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको थियो । यसैबिच दैनिक ज्यालादारी गरिरहेका श्रमिकले पनि पारिश्रमिक नपाएको तथा अपहेलित हुनुपरेको बताका थिए । 

स्वास्थ्य समस्या, वेरोजगारी, जातिय तथा लैङ्गिक विभेद, सरकारी सेवा प्रवाह लगायतका क्षेत्रमा पनि समस्या देखा परेको इन्सेकले जनाएको छ । इन्सेक बैतडीले सबैभन्दा बढी आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका कुरालाई बिषेश प्राथमिकता दिदै आएको छ । आर्थिक, सामाजिक तथा सास्कृतिक अधिकारका घटनाहरुलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा बढी महत्व दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलको भनाइ छ । 

मानव अधिकारका क्षेत्रमा विगत देखिनै काम गर्दै आइरहेको इन्सेकले स्वास्थ्य समस्या, वेरोजगारी, जातीय तथा लैङ्गिक विभेद, सरकारी सेवा प्रवाह लगायतका सवालहरुलाई मुख्य प्राथमिकता दिनुपर्नेमा उहाले जोड दिइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा