२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपुरमा नौ हजारलाई ट्राफिक शिक्षा

२०७५, ७ मंसिर शुक्रबार ०३:३०

मंसिर ७,  कावासोती  (रासस) | सवारी दुर्घटना न्यूनीकरणका लागि नवलपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नौ हजार व्यक्तिलाई ट्राफिक शिक्षा प्रदान गरेको छ । 

पूर्वपश्चिम राजमार्ग र भित्री सडक खण्डमा समेत दुर्घटनाका घटनामा कमी आउन नसकेपछि यसलाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले उक्त शिक्षालाई जोड दिएको हो । कार्यालयले राजमार्गसहित विभिन्न स्थानमा एक वर्षको अवधिमा सञ्चालन गरेको उक्त शिक्षाबाट नौ हजार व्यक्ति लाभान्वित भएको ट्राफिक प्रमुख लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । 

उहाँकाअनुसार सवारी चालक दुई हजार ९००, पैदलयात्रु दुई हजार र विद्यार्थी चार हजार १०० गरी नौ हजारलाई ट्राफिक शिक्षा प्रदान गरिएको छ । सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराका साथै ट्राफिक नियमजस्ता जनचेतनामूलक शिक्षा प्रदान गरिएको उहाँको भनाइ थियो । 

नवलपुरमा विसं २०७४ पुसदेखि २०७५ मङ्सिरसम्म भएका १६२ सवारी दुर्घटनामा परी १०२ जनाले ज्यान गुमाइसकेका र गत कात्तिक महीनामा मात्र सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका थिए । चालकको लापरवाहीकै कारण धेरै दुर्घटना हुने भएकाले चालकलाई लक्षित गरी उक्त शिक्षा प्रदान गरिएको थियो ।विद्यार्थीमार्फत घरघरमा ट्राफिक नियमका सन्देश प्रवाह हुने भएकाले विभिन्न विद्यालयमा पुगी उक्त शिक्षा सञ्चालन गरिएको प्रमुख शाहीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै