२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दार्चुला आउँदै गरेको बस दुर्घटना: एकको मृत्यु १८ घाइते

२०७५, ७ मंसिर शुक्रबार ०३:३१

मङ्सिर ७, दार्चुला (रासस) | मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलङ्गा आइरहेको म१ख ४३६ नंको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। गए राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस आज बिहान पौने पाँच बजे दुर्घटना भएको हो । 

अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । बस सडकबाट ३०० मिटर तल खसेको थियो । बसमा कति जना सवार थिए भन्ने यकिन भएको छैन । घाइतेहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धार गरेका थिए । गए राति मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा सकेर दार्चुला सदरमुकाम आउने क्रममा बस दुर्घटना भएको हो । घटनाको पूर्ण विवरण आउन सकेको छैन । 

भर्खरै प्राप्त समाचार अनुसार दुर्घटनामा परी उत्तराखण्ड भारत अस्कोटका ४५ वर्षीय अनिल पालको मृत्यु भएको छ भने अन्य १८ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेहरुमा लेकम गाउँपालिका–४ खरकडाका २८ वर्षीया लक्ष्मी कुँवर, २५ वर्षीय दौलत कुँवर, २५ वर्षीया लक्ष्मी कँवर, मालिकार्जुन गाउँपालिका–८ का १५ वर्षीय भुपेन्द्रसिंह धामी, २८ वर्षीय गणेशसिह धामी, लेकम गाउँपालिका–४ का ३३ वर्षीय रामसिंह बस्नेत, जानकी बस्नेत, लेकम–५ का ३२ वर्षीय नरेश बोहरा, मालिकार्जुन–८ का नगेन्द्र पन्त, १३ वर्षीय लक्ष्मण पन्त, ३५ वर्षीय गोपालसिंह धामी, २४ वर्षीय चन्द्र पन्त रहेको प्रहरीले जनाएको छ । 

यसैगरी अपी हिमाल गाउँपालिका–६ का २५ वर्षीय मङ्गल महता, मालिकार्जुन–८ का रमेश धामी, ३० वर्षीय हिरेन्द्र धामी र मृतक अनिल पालकी श्रीमती घाइते भएको प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो । घटनामा सात जना गम्भीर घाइते भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ