विमल धामी | मंसिर ८, कञ्चनपुर | कञ्चनपुरको महाकाली सिंचाई प्रणाली जल उपभोक्ता संघ द्धितिय चरण क्षेत्रीय समितिका महासचिव विरुद्ध आर्थिक अनियमितता गरेको भन्दै अविश्वासको प्रस्ताव पेश गरिएको छ ।
शुक्रवार उक्त समितिको साधारण सभा चलिराखेकै बेला सदस्यहरु र अन्य पदाधिकारीहरुले अविश्वासको प्रस्ताव पेश गरेको हो । महाकाली सिंचाई द्धितिय चरण क्षेत्रीय समितिका महासचिव तथा नेपाली कांग्रेस बेलडांडी गाउँपालिकाका सभापती हर्कदेव जोशीले आर्थिक अनियमितता, संस्थाका श्रोत साधनको दुरुपयोग गरेको, संस्था भित्र पार्टीगत क्रियाकलापमा संलग्न रहेको, झर्ना खोलाको आर्थिक तथा भौतिक सामग्रीमा पारदर्शीता नगरेको, आन्तरिक मिलेमतोमा कोटेशनमा काम गरेको, संस्थाको लक्ष्य विपरित स्वार्थगत कार्य गरेको भन्दै १० बुदे कारण सहित अविश्वासको प्रस्ताव पेश गरिएको छ ।
कुल ५६ जनालाई मताधिकार रहेको संस्थामा दुईतिहाई बहुमतले अविश्वासको प्रताव अध्यक्षलाई बुझाउदै विधान बमोजिम महासचिवलाई वरखास्त गर्न दवाव दिईएको छ । उक्त प्रस्ताव पेश गर्दा आफै कार्यक्रम संचालक रहेका महासचिवले कार्यक्रम पनि भाडेको सहभागिहरुले बताएका छन् । साधारण सभामा आर्थिक प्रतिवेदन पेश नगरिएको, मनोगत तरिकाले कार्य गर्नखोजको समेत आरोप लागाईएको छ ।
झरनाखोलाका स्थानीय नागरिकहरुले झर्नाखोलामा ८५ लाखको कार्य भएको भन्ने ठाउँमा १५ लाख जति कार्य भएको बाकी सबै रकम महासचिवले खाएको आरोप समेत लगाउदै स्टमेट अनुसार कार्य नगरेको बताए । यस्ता घुसखोरी पदाधिकारीहरुलाई बरखास्त गर्न झर्नाखोला पिडितहरुको माग पहिले देखि रहेको श्रोतले जनाएको छ । दुधको दुध पानीको पानी हुनेमा झरनाखोला पिडित आशावादी रहेका छन् । जोशीको कार्यशैली, नियत पहिले देखिनै खराब रहेको अविश्वासको प्रस्तावकारीहरुले बताएका छन् ।
महासचिव हर्क देव जोशीले भने “ आफुलाई पुर्वाग्रह ढंगले लालचना लगाएको बताउनु भयो ।” आफुले पुर्व समितिले गरेका कार्य बारे खोतल्दा, योजना परियोजनाको बारेमा बुझन् खोज्दा, सबै गलत कर्तुत बाहिर आउने भएकोले आफुले कल्पना समेत नगरेका आरोप लगाएको जनाए । उनले भने ६०५०० हेक्टरमा पुर्व समितिले सिंचित गरेको दावी गर्दै आएको तर हामीले हेर्दा २०० हेक्टरमा समेत पानी नपुगेको दावी गरे । अविश्वासको प्रस्ताव पेश गर्न कृत हस्ताक्षण र डर धम्काई गरेको समेत आरोप लगाए । आफुले जनसरोकारका सबै विषयमा पारदर्शीता हुनुपर्छ भन्ने बेला, पुराना गरेका कर्तुत खुल्ने डरले यस्तो सडयन्त्र गरेको उनको दावी रहेको छ । यो सडयन्त्र कसले किन गरे भन्ने कुरा एक दुई दिनमा बाहिरिने समेत दावी गर्नु भयो । आफु अध्यक्ष मातहतको भएको र अध्यको सल्लाहले सम्पुर्ण कार्य गर्ने गरेको जनाउनु भयो । केहि दिनमै विशेष समितिको बैठक बोलाईने जानकारी जोशीले गराउनु भयो । समितिका अध्यक्ष बिर बहादुर बडवाल यो विषमा केहि बोलेका छैनन् ।