२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

श्वासप्रश्वास र आँखाका बिरामी बढ्दै

२०७५, ९ मंसिर आईतवार ०८:५७

मङ्सिर ९, बर्दिवास (रासस) | महोत्तरी जिल्लामा श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । जिल्लाको सुदूर उत्तरी क्षेत्रको बर्दिवास नगरपालिकादेखि सुदूर दक्षिणी भेगको जलेश्वर नगर क्षेत्रका सबैजसो ठाउँमा अहिले श्वासप्रश्वास र आँखाका बिरामीको सङ्ख्या निकै बढेको अस्पताल र स्वास्थ्य संस्थाले जानकारी दिएका हुन् । 

बर्दिवास नगर क्षेत्रका सरकारीदेखि निजी क्षेत्रका अस्पतालमा दिनहुँ स्वास्थ्य जाँच र उपचारका लागि पुग्नेमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको चिकित्सक र स्वास्थ्यकर्मीको भनाइ छ । पछिल्लोपटक मङ्सिर लागेपछि चिसो बढेसँगै दिनहुँजसो २५/३० सङ्ख्याको हाराहारीमा जाँचका लागि आउने नयाँ बिरामीमध्ये धेरैजसोमा श्वासप्रश्वास र आँखाको समस्या पाइने गरेको बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीले जानकारी दिनुभयो । 

खासगरी धूमपानको लत भएका महिला, चिसो बढेसँगै राम्रो सम्भार नपाएका ५० वर्ष उमेर कटेकामा श्वासप्रश्वासको समस्या भेटिने गरेको बर्दिवास अस्पतालले जनाएको छ । जताततै लगातार उड्ने धूलो, धुँवाबाट बचेर हिँड्ने स्वास्थ्य सजगता नअपनाउँदा, मौसमअनुसार खानपान, लवाइ र अन्य आहार व्यवहारमा ध्यान नदिँदा श्वासप्रश्वासका थप बिरामी बढ्दै गएका बर्दिवास अस्पतालकै मेडिकल सुपरिटेण्डेन्ट डा विधानचन्द्र झा बताउनुहुन्छ । 

यसैगरी बर्दिवास आँखा अस्पतालका सञ्चालक मुकुन्दप्रसाद पौडेलले मङ्सिर लागिकन आँखाका बिरामी निकै बढेका बताउनुभएको छ । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर जिल्ला अस्पताल, गौशाला र सम्सीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र जिल्लाका १५ वटै स्थानीय तहमा रहेका स्वास्थ्यचौकी र अन्य निजीस्तरमा सञ्चालित अस्पतालमा पनि श्वासप्रश्वास र आँखाका बिरामी आउने क्रम बढेको छ । 

जिल्लाका सबैजसो मुख्य सडकमा उड्ने धुलो, जाडो छल्न प्लास्टिक, भिजेका पतिङ्गर, पुराना टायर र फोहर लुगामा आगो सल्काएर तापिने ‘घुर’को धुँवाले श्वासप्रश्वास र आँखाको समस्या बढाएको जलेश्वर जिल्ला अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झा बताउनुहुन्छ । यस्तो स्वास्थ्य समस्या दलित र गरीबको झुपरबस्ती (पराले झुप्राका बस्ती) मा बढी देखिएको झाको भनाइ छ । 

चिसो बढेसँगै धूलो र धुँवाका कारण बढेको स्वास्थ्य समस्या आहार व्यवहारबाट नियन्त्रण गर्न सकिने चिकित्सकको भनाइ छ । “घरबाट निस्कनासाथ जताततै धूलो उडिरहेको देखिन्छ तर आम नागरिक मास्क लगाउने गर्दैनन्” बर्दिवास अस्पतालका मेसु डा झाले भन्नुभयो, “यसले गर्दा श्वासप्रश्वाससँगै जटिल स्वास्थ्य समस्या बढ्ने गर्छन् ।” 

चिकित्सक र स्वास्थ्यकर्मीले श्वासप्रश्वासबाट बच्न स्वस्थ्य आहार व्यवहार अपनाउन बताइरहेका बेला जिल्लाका अगुवा सामाजिक कार्यकत्र्ता र वुद्धिजीवीले भने सडकमा उड्ने धूलो सबैभन्दा ठूलो समस्या भएको बताएका छन् । जिल्लाका मुख्य सडक बर्दिवास, जलेश्वर, भिठ्ठामोर, जलेश्वर, जनकपुर, बर्दिवास, रौजा, जलेश्वर, गौशाला, सम्सी, रामगोपालपुर, लोहारपट्टी–जनकपुर र जलेश्वर, मनरा, सम्सीलगायतका सबै सडक खाल्डाखुल्डी बनेका र यी सडकमा चल्ने सवारीसाधनले उडाउने धूलोले स्वास्थ्य समस्यासँगै दैनिक काम व्यवहार पनि नराम्ररी प्रभावित पार्दै आएको जिल्लाका सामाजिक कार्यकर्ता गौरी मण्डल बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै