२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँमा साझेदारी कार्यक्रमको समन्वय बैठक

१२ मंसिर २०७२, शनिबार ०३:०९

ओमप्रकाश गुप्ता/मङ्सिर १२, दाङ । स्थानीय विकासका लागि साझेदारी कार्यक्रम अन्तर्गत गाविस स्तरीय समन्वय बैठक शुक्रवार सिसहनियाँ गाविस कार्यालयमा सम्पन्न भएको छ । बेस संस्थाको आयोजना एवम् यु.एस.ए.आई.डी नेपालको आर्थिक सहयोगमा बैठक सम्पन्न भएको हो ।

गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको बैठकले स्थानीय निकायले गर्ने कामको बारेमा जानकारी गराउदै ग्रामीण क्षेत्रमा समान जनसहभागिता, सुशासन, जवाफदेहिता, महिला सशक्तिकरण लगायतका वारेमा जानकारी गराईएको थियो ।

बैठकमा सुशासनका बारेमा बेसका कार्यक्रम संयोजक नरबहादुर चौधरी ,साझेदारी विकास परियोजनाका बारेमा फिल्ड संयोजक बासुदेव चौधरी, महिला शसत्तिकरणका बारेमा फिल्ड संयोजक सिता विष्ट, सञ्चारका बारेमा साझेदारी रेडियो कार्यक्रम उद्पादक दिवाकर पोख्रेल र युवाका बारेमा ओमप्रकाश गुप्ताले जानकारी गराउनु भएको थियो ।

बैठकमा उठेका प्रश्नको जवाफ बेसका कार्यक्रम संयोजक नरबहादुर चौधरी र साझेदारी विकास परियोजनाका जिल्ला फिल्ड संयोजक बासुदेव चौधरीले दिनुभएको थियो ।

सामाजिक परिचालिका विष्णुमाया चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका खिमबहादुर के.सी, एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा, वडा नागरिक मञ्चका संयोजक रामप्रसाद चौधरी, साझेदारी रेडियो कार्यक्रम उद्पादक दिवाकर पोख्रेल, सञ्चारकर्मी ओमप्रकाश गुप्ता लगायतका वक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुशासन कार्यक्रमकी सामाजिक परिचालिका सृजना शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…