२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँमा साझेदारी कार्यक्रमको समन्वय बैठक

२०७२, १२ मंसिर शनिबार ०३:०९

ओमप्रकाश गुप्ता/मङ्सिर १२, दाङ । स्थानीय विकासका लागि साझेदारी कार्यक्रम अन्तर्गत गाविस स्तरीय समन्वय बैठक शुक्रवार सिसहनियाँ गाविस कार्यालयमा सम्पन्न भएको छ । बेस संस्थाको आयोजना एवम् यु.एस.ए.आई.डी नेपालको आर्थिक सहयोगमा बैठक सम्पन्न भएको हो ।

गाविस सचिव मंगलप्रसाद चौधरीको अध्यक्षतामा भएको बैठकले स्थानीय निकायले गर्ने कामको बारेमा जानकारी गराउदै ग्रामीण क्षेत्रमा समान जनसहभागिता, सुशासन, जवाफदेहिता, महिला सशक्तिकरण लगायतका वारेमा जानकारी गराईएको थियो ।

बैठकमा सुशासनका बारेमा बेसका कार्यक्रम संयोजक नरबहादुर चौधरी ,साझेदारी विकास परियोजनाका बारेमा फिल्ड संयोजक बासुदेव चौधरी, महिला शसत्तिकरणका बारेमा फिल्ड संयोजक सिता विष्ट, सञ्चारका बारेमा साझेदारी रेडियो कार्यक्रम उद्पादक दिवाकर पोख्रेल र युवाका बारेमा ओमप्रकाश गुप्ताले जानकारी गराउनु भएको थियो ।

बैठकमा उठेका प्रश्नको जवाफ बेसका कार्यक्रम संयोजक नरबहादुर चौधरी र साझेदारी विकास परियोजनाका जिल्ला फिल्ड संयोजक बासुदेव चौधरीले दिनुभएको थियो ।

सामाजिक परिचालिका विष्णुमाया चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा एमालेका खिमबहादुर के.सी, एकिकृत नेकपा माओवादीका शान्तराज शर्मा, वडा नागरिक मञ्चका संयोजक रामप्रसाद चौधरी, साझेदारी रेडियो कार्यक्रम उद्पादक दिवाकर पोख्रेल, सञ्चारकर्मी ओमप्रकाश गुप्ता लगायतका वक्ताले बोल्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सुशासन कार्यक्रमकी सामाजिक परिचालिका सृजना शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन