२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

सवारी साधनको परीक्षणमा कडाइ

११ मंसिर २०७५, मंगलवार ०८:०४

ज्ञानेन्द्र न्यौपाने | मङ्सिर ११, रसुवा | नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ । 

जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट गैह्रकानुनी क्रियाकलाप गरी विदेशी मुद्रा अपचलन गर्न थालेको पाइएपछि ठाउँठाउँको चौकीबाट हुने नियमित जाँचको अलावा राजमार्गका विभिन्न भागमा समेत गस्तीको माध्यमबाट निगरानी कामलाई तीव्रता दिएको हो । 

प्रहरी गस्तीले गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ त्रिशूली नदी क्षेत्रमा यही मङ्सिर १ गते वा १ य १४४६ नम्बरको स्कारपियो जीपमा सवार चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ६ मोहना गडौली बस्ने ५६ वर्षीय श्रीराम चौधरीका साथबाट रु २६ हजार आठ सय र रौतहट जिल्ला गुजरा नगरपालिका—६ सिमन भवानीका ३२ वर्षीय विकासप्रसाद चौधरीका साथबाट एक हजार आठ सय अमेरिकी डलर फेला परेपछि केरुङ जाने सबै व्यवसायीप्रति निगरानी बढाइएको प्रहरीले बताएको छ । 

पक्राउ परेका ती दुवै जनालाई विदेशी मुद्रा गैरकानुनी तवरले अपचलन गरेको आरोपमा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइसकिएको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो । रसुवा प्रहरीबाट बरामद भएको अमेरिकी डलरकोे रुपैयाँ नेपालीमा रुपान्तरण गर्दा रु ३२ लाख ९९ हजार ८६८ कायम भएको र मुद्दा दायर गर्ने तयारी भइरहेको राजस्व अनुसन्धान विभागले बताएको छ । 

यस्तै गस्तीका माध्यमबाट ट्राफिक प्रहरीले सवारी साधनको मापदण्ड र नेपाल प्रहरीले सवारी साधनमा सवार व्यक्तिको लेखाजोखा एवं निगरानी तीव्रता दिएको प्रहरी प्रमुख तामाङले बताउनुभयो । लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा राजमार्ग भएकाले नेपाली सेनासमेत बेत्रावतीदेखि रसुवागढीसम्म ११ भन्दा बढी सुरक्षा चौकीको अलावा ठाउँ ठाउँमा गस्तीका प्रहरीले समेत परीक्षण गरी गैह्रकानुनी क्रियाकलाप रोक्ने कार्य गरिरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान