मंसिर १२, काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सयले रुपैयाँले घटेको छ ।
मगलबार बजारमा छापावाल सुन प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार तेजावी सुन प्रतितोला ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर बजारमा सुन प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, बुधबार फेरि बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।
मंगलबार बजारमा चाँदी प्रतितोला मूल्य ७०५ रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर चाँदी प्रतितोला ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।