२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भारतीय नाकाबन्दी बिरुद्ध देउखुरीमा बृहत भेला सम्पन्न

१५ मंसिर २०७२, मंगलवार ०१:५९

सन्तोषकुमार गुप्ता/मङ्सिर १५, भालुवाङ । भारतले बिगत लामो समय देखि लगाउँदै आएको अघोषित नाकाबन्दीका बिरुद्ध सोमबार देउखुरीको कालाकाटेमा आयोजित बृहत भेलाले देउखुरी व्यापी मोटरसाईकल ¥याली देखि बिरोधसभा सहितको आन्दोलनको कार्यक्रम तय गरेको छ ।

नाकाबन्दी बिरुद्ध नागरिक अभियान भेला आयोजक समितीको आयोजनामा भएको भेलाले भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय पारवहन अधिकारको हनन् गरेको र संयुक्त राष्ट्र संघले भारत सरकारलाई पटक—पटक नाकाबन्दी खुलाउन औपचारिक आग्रह गर्दा समेत झनपछि झन भारतीय ज्यादती बढाउँदै गएको भन्दै भारत सरकारका बिरुद्ध नागरिकलाई जागरुक गराउन तथा दबाबमूलक कार्यक्रम मार्फत अन्र्तराष्ट्रिय क्षेत्रमा सन्देश प्रवाह गरी नाकाबन्दीलाई अन्र्तराष्ट्रियकरण गर्न आन्दोलनको कार्यक्रम तय गरेको हो ।

“नाकाबन्दी बिरुद्ध सम्पूर्ण नेपाली एक हौँ, नेपाल माथि भारतले लगाउँदै आएको नाकाबन्दी फिर्ता गर” भन्ने मुल नाराका साथ मंसिर १६ गते बुधबार कालाकाटे देखि लमही सम्म बृहत मोटरसाईकल ¥याली सहित भालुवाङ्गको पूल्चोक, लालमटिया बजार, मौरीघाटचोक, बिजौरी चोक, सिसहनियाँ बजार चोक, नर्ती चोक, सुन्डबरी चोक, कौडिया चोक, फल्कापुर चोक, श्रगिाउँ चोक, बनगाउँ चोक र लमही बजारहरुमा बिरोध सभा गर्ने लगायतका कार्यक्रमहरु तय गरेको छ ।

यो पहिलो चरणको आन्दोलनको कार्यक्रम हो, यो आन्दोलनबाट देउखुरीमा क्रियाशिल राजनितिकदल, सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी, व्यपारी, पत्रकार सबैको समर्थन बटुल्न सहयोग पुग्ने छ, नाकाबन्दी बिरुद्ध नागरिक अभियानका संयोजक सागर मर्रासिनीले भने ।

भेलाले पुन सागर मर्रासिनीको संयोजकत्व गठित पुरानै ७ सदस्यीय समितीलाई नाकाबन्दी बिरुद्ध नागरिक अभियान मुल समिती गठन गरेको छ । जसको सदस्यहरुमा लालमणि गिरी, सरस्वती योगी, भरत अधिकारी, ढकबहादुर एमसी, बासुदेव बेल्बासे र सुरज सोनाम रहेका छन् ।

नाकाबन्दीले देशका अति संवेदनशिल क्षेत्र समेत झन्पछि झ्न प्रभावित बन्दै गएको तथा जनजीवन नै कष्टकर हुन थालेको भन्दै देशभक्त नागरिकहरुको व्यापक समर्थन तथा सल्लाह सुझावबाट नाकाबन्दी बिरुद्ध थप नयाँ आन्दोलनका कार्यक्रम गर्ने संयोजक मर्रासिनीले बताए ।

अभियानका संयोजक सागर मर्रासिनीको अध्यक्षता भएको भेलामा बोल्ने बक्ताहरुले भारत सरकारलाई तत्काल नाकाबन्दी हटाई अन्र्तराष्ट्रिय पारवहन अधिकारको सम्मान गर्न र असल छिमेकीको भुमिका निर्वाह आग्रह गरेको छ ।

उनीहरुले भारत सरकारले बिगत लामो समय यता नेपाल माथि नाकाबन्दी गरेर नेपालको पारवहन अधिकार मात्र नभई दुई देशको सुमधुर सम्बन्ध र भारत प्रति नेपाली जनताको बिश्वास माथि तुषरापात भएको आरोप समेत लगाएका छन् ।

उनीहरुले भारतको नाकाबन्दीको कारण नेपालीको दैनिकी अस्तव्यस्त बन्दै गएको छ भन्दै भारतीय सिमा सुरक्षा बल एसएसबी ले सुनसरी लगायतका सिमा क्षेत्रमा नेपाली माथि ज्यादती गदै आएको हर्कत प्रति कडा रुपमा भत्र्सना समेत गरेका छन् ।

उनीहरुले भारत सरकारलाई तत्काल नाकाबन्दी हटाउन आग्रह गदै नाकाबन्दी नहटाए अन्तराष्ट्रियकरण गर्न समेत जोडदार माग गरेका छन् ।

भेलामा गोबरडिहा गाविस भरिका एक सय बढी नागरिक अगुवा, समाजसेवी, बुद्धिजीवि, युवा, विद्यार्थी र शिक्षक र पत्रकारहरुको सहभागिता रहेको थियो भने भेलाको सहर्जीकरण अभियानका सदस्य हरि सुवेदी र बासुदेव बेल्बासेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य