२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडी: कार्यपालिकाका सदस्यहरुद्धारा नै निर्णय कार्यान्वयन गर्न नगर प्रमुखलाई ज्ञापन पत्र

१३ मंसिर २०७५, बिहीबार ०२:०५

कृष्ण बिष्ट |  मङ्सिर १३, बैतडी | पाटन नगरपालिकामा नागरिकहरुका गुनासो बढ्दै गएपछि नगरपालिकाको बैठकले गरेका निर्णय कार्यान्वयनको माग गर्दै नगर कार्यापालिकाका सदस्यहरुले बुधबार  नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् । नगरप्रमुख केशबहादुर चन्द प्रति नगर कार्यपालिका सदस्यहरुले नै असन्तुष्टि जाहेर गर्दै निर्णय कार्यान्वयनका लागि ज्ञापन पत्र बुझाएका हुन ।

स्थानीय तहको सरकार गठन भएको दुई आर्थिक वर्षमा पाटन नगरपालिकाले ३५ कार्यापालिका बैठक र ४ नगरसभा बैठकले पारित गरेका निर्णय कार्यान्वयन गर्न ढिलाइ भएको भन्दै सबत्र स्थानियहरुले गत सनिबार आलोचना गरेका थिए । 

पाटन नगर कार्यापालिकाबाट निर्णय भएको ५ करोडको पाटन नगर खानेपानी योजना, नगरको अतिक्रमित जग्गा लगायत, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएको नगर कार्यापालिका सदस्य एबम वडा नं १० का वडा अध्यक्ष देवेन्द्र कुँवरले बताउनुभयो ।

बैठकले गरेका निर्णय कार्यान्वयन नहुँदा नगरपालिकाका स्थानिय नागरीक नगरपालिकाका गतिविधिप्रति खिन्न भएका छन् । नगरपालिका आफैले गरेका निर्णय कार्यान्वयन नगर्दा विकास निर्माण र स्थानीय तहका गतिविधिबारे नागरिकहरुले असन्तुष्टि जनाएका छन् । 


नगर कार्यपालिकाबाट निर्णय भएका सार्वजनिक महत्वका गम्भीर निर्णय लागु गर्न मेयर उदाशिन भएको भन्दै नगर कार्यपालिका सदस्यहरुले माग पूरा नभए मेयर बिरुद्ध तालाबन्दी  र हड्तालका कार्यक्रम ल्याउने बताएका छन् । यो विषयमा पाटन नगरपालिकाका मेयर केशब बहादुर चन्दले अमिन नहुँदा पाटन नगरपालिकाको अतिक्रमित जग्गा बारे निर्णय गर्न नकसको बताउनुभयो । यता भने नगरपालिकाले गरेका सबै निर्णय एकैचोटी कार्यान्वयन गर्न नसकिने भएकोले क्रमिक रुपमा  निर्णय कार्यान्वयन हुँदै जाने नगरप्रमुख केशबबहादुर चन्दको  भनाइ छ  । 

नगर कार्यपालिका १४ वटै सदस्यहरुले नगरप्रमुख चन्दले  कार्यापालिका र नगरसभाबाट पारित गरेका निर्णय कार्यान्वयन नगरे थप कमद चाल्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो