२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

घुम्ती शिविरबाट स्थानीयले सेवा पाए

१३ मंसिर २०७५, बिहीबार ०८:५६

मङ्सिर १३, गाईघाट | उदयपुर जिल्लाको पश्चिम पहाडी क्षेत्रको ताप्ली गाउँपालिकाको रुपाटारमा सञ्चालन भएको दुईदिने बृहत् घुम्ती शिविरमा ३९२ ले नागरिकताको प्रमाण लिएका छन् भने झण्डै १०० भन्दा बढीले फोटोसहितको मतदाता नामावलीसमेत दर्ता गराएका छन् । 

यस्तै २१९ ले साधारण स्वास्थ्य सेवा लिएका छन् भने १५३ महिलाले पाठेघरसम्बन्धी उपचारको सेवा लिएको पनि प्रशासकीय अधिकृत खड्काले बताउनुभयो । २६ ले घरेलु उद्योग दर्ता, ३१ घरले कृषिसम्बन्धी सेवा र २०० भन्दा बढीले पशु भेटेनरीसेवा लिएको र कूल हजारभन्दा बढी ताप्लीवासीले शिविरबाट विभिन्न सेवा लिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय उदयपुरको अयोजनामा मङ्गलबार र बुधबार रुपाटारमा दुइदिने घुम्ती शिविर सञ्चालन कार्य सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत कुमार खड्काले बताउनुभएको छ । 

जिल्लाकै पश्चिमी पहाडी क्षेत्रको दुर्गम भेगमा बसोबास गर्ने जनतालाई विभिन्न सरकारी सेवा गाउँघरमा नै प्र्रदान गर्न यो शिविर सञ्चालन गरिएको बताइएको छ । 

उक्त स्वास्थ्य शिविरमा झण्डै २७ ले मुटु, सुगर, महिलाको पाठेघर, आँखासम्बन्धी निःशुल्क उपचार लिएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य