२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

गिट्टी कुटेर जिविका चलाउछन् अपाङ्ग हर्क बहादुर

१८ मंसिर २०७५, मंगलवार १०:४०

कृष्ण बिष्ट | मङ्सिर १८, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं १० स्थित पनालीका हर्क बहादुर बिष्ट अपाङ्ग हुन । उनको एक खुट्टा र दाया हातले काम गर्दैन । हिडडुल गर्न सक्दैनन । मात्र बाहिर भित्र गर्न सक्छन । बि.स. २०५९ साल देखि उनि अपाङ्ग जिवन ब्यातित गर्दै आएका छन । बसी बसी भएपनि घरमा गर्न सकिने जति काम गर्छन । आगन बडार्न, खेतमा समान्य गोडमेल गर्ने उनि काम गर्छन । “आगन बडार्न सक्छु, केसाबारीमा समान्य गोडमेल गर्न सजिलै सकिन्छ, त्यात्तिकै बिनाकाम बस्दिन” उनले भने ।


आगन बडार्ने कुचो र करेसाबारिमा काम गर्ने कुटो सगैँ अर्काे साथी पनि बनेको छ हतौडी । बिहानै हतौडी समाइहाल्छन उनि । आज भोली हर्क  बहादुरको दिनभरिको काम सुरु हुन्छ गिट्टी कुट्ने । उनि गिट्टी कुटेरै महिनामा १२ हजार देखि १५ हजार सम्म कमाउछन । उनि भन्छन “एक ट्याक्टर गिट्टी कुट्छु एक महिनामा एक ट्याक्टर गिट्टी तयार हुन्छ । एक ट्याक्टरको १२ देखि १५ हजार सम्म आम्दानी हुन्छ” उनले बताए । आफुले यो गिट्टी कुटको पैषाले घरको पक्की छानो हाल्ने आफ्नो योजना रहको उनि बताउछन । “यो गिट्टी बेचेको पैषाले यो पानी पर्दा चुहुने खरले छानोलाई हटाएर पक्की छानो हाल्ने सोचमा छु” उनले भने । घर छेउ भएर खोडपे सल्लेबासा कृर्षी सडक सञ्चालनमा रहेकाले  महिनै पिच्छे गिट्टीको माग आउने गरको उनि बताउछन । 

हर्क बहादुर ‘क’  बर्गका  अपाङ्ग  हुन । ‘अपाङ्ग भत्ताले मात्रै घर चल्दैन, खेति गरेर खानको लागि सिचाइ सुबिधा छैन’ अगाडी भन्छन । गिट्टी बेचेरै भएपनि घर ब्याभार चलेको छ । 

यसरि गिट्टी कुट्ने काममा उनकी धर्मपत्नी गौराको पनि साथ छ । टाढा टाढा बाट ढुंगा बोकेर कुटने ठाउमा थुपारिदिन्छिन । उनि भन्छिन “बिहान एक चोटी दिनभरि कुटनलाई पुग्ने ढुंगा ओसारेर मेलापात जान्छु” । हर्क बहादुर र गौरा दम्पतीका ४ छोरी १ छोरा हुन । ४ वटै छोरिको बिहे भइसक्यो, छोरा १५ वर्षका छन । उनको बिहे भएको छैन । ३ सदस्यीय परिवारका लागि खान लाउन गिट्टी कुटेरै पुग्ने गैराले बताइन । “गिट्टी बिक्री भएरै मासिक १५ हजार कमाइन्छ  खान लाउन पुगेको छ । अब घरको पक्की छानो  हाल्ने सोचमा रहेको छौ” । 

बिष्ट दम्पतिले जनप्रतिनिधीहरु सँग घरका लागि पक्की छानोको माग नगरेका होइनन । चुनाव हुनु भन्दा  पहिले केसव बहादुर चन्दले उनकै घर अगाडी चुनावि सभालाई सम्बोधन गर्दै मेयरमा बिजयी भएपछि यो घरको पक्की छानो हाल्नका लागि पहिलो आर्थीक वर्षमै बजेट बिनियोजन गर्छु भन्नु भएकै हो । तर चुनाव जितेको २ वर्ष बिते पनि कुनै सुनुवाइ नगरेको बिष्ट दम्पती दुःखेसो पोख्छन । ‘आश्वासन मात्रै दिए । बिष्ट दम्पतिले गाँउमा सिँहदरबार आएको अनुभव नभएको बताएका छन । 

यस्ता शारीरिक रुपमा अपाङ्गता भएका ब्याक्ती कति छन भन्ने यकिन तथ्या्क समेत ननिकालेको अर्का स्थानिय प्रताप बिष्टले बताए । उनिहरुले सरकारले  दिने गरेको मासिक अपाङ्ग भत्ता बाहेक कसैले पनि सेवा नपाएको अपाङ्गता भएका ब्यक्तीहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो