२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

जाडो छल्न बाहिरिँदै मनाङवासी

२०७५, १९ मंसिर बुधबार ०४:१८

– नविन लामिछने | मङ्सिर १९, मनाङ (रासस) | मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । 

अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार मनाङमा चिसो बढे पनि बाह्य पर्यटक आउने क्रम भने घटेको छैन । जाडो याममा हिउँसँग खेल्न र रमाउन पाइने भएकाले चिसो मौसममा पर्यटक मनाङ पुग्छन् । मङ्सिर, पुस र माघमा जाडो छल्न स्थानीयवासी भने देशका विभिन्न ठाउँमा पुग्ने गर्दछन् । स्थानीयवासी विनोद गुरुङका अनुसार पर्यटकीय यामको अन्त्यसँगै जिल्लाका होटल व्यावसायी जाडो छल्न जिल्ला बाहिर जाने गर्छन् । “जाडो छल्न काठमाडौँ, पोखरालगायतका शहरमा जानेको सङ्ख्या बढी छ,” गुरुङले भन्नुभयो । 

माथिल्लो भेगमा हिउँ पर्न शुरु भइसकेको छ । अब विस्तारै तल्लो भेगमा हिउँ पर्न थाल्छ । चिसो बढेसँगै यहाँको गाउँघर सुनसान र रित्तो हुने क्रम बढेको छ । विद्यालयको अन्तिम परीक्षा सकाएर शिक्षक र विद्यार्थी पनि बिदा मनाउन अन्यत्र लाग्छन् । “गाउँमा घरकुरुवा मात्र बस्न्छन्,” चौँरीपालक किसान सुरेश थकालीले भन्नुभयो । हिमाली भेगबाट भेडाबाख्रा र चौँरी बेंसी सार्ने तथा चिसो कम हुने ठाउँमा राख्ने चलन छ । चौँरीगोठ मनाङको नासो गाउँपालिकाका लेकमा राखिने तथा भेडा च्याङ्ग्रा लमजुङको बाहुनडाँडा र घनपोखरा पुर्याउने थकाली बताउनुहुन्छ । माथिल्ला भेगमा रहेका खर्कबाट घरपालुवा पशु जिल्लाको तल्लो भेगमा सार्ने तयारीमा किसान जुटेका छन् । 

अबको तीन महीना माथिल्लो भेगमा हिउँ पर्छ । अति जाडो हुन्छ । घाँस पुरै हिउँले ढाकिन्छ । त्यसैले माथिल्लो भेगमा रहेका खर्कबाट घरपालुवा पशु तल्लो भेगमा सार्ने तयारीमा जुटिसकेका छन् । यस क्षेत्रका किसानको माथिल्लो भेग र तल्लो भेगमा गरी दुई गोठ हुन्छन् । चिसो बढेसँगै माथिल्लो भेगबाट किसानले याक, चौँरी, च्याङ्ग्रा र भेडाबाख्रा तल्लो भेगका तालगाउँ, धारापानी, दानाक्यूलगायत ठाउँमा सार्ने गर्दछन् । 

मङ्सिर, पुस र माघमा हिमपात हुने भएकोले स्थानीयवासी चिसो मौसम शुरु हुनुअगावै दाउरा सङ्कलनमा जुट्छन् । होटल व्यवसायीले कामदार लगाएरै दाउरा सङ्कलन गर्छन् । यो समयमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थामा काम गर्ने कर्मचारीले स्थानीयवासीबाट दाउरा खरिद गर्छन् । स्थानीयवासी तथा कर्मचारीलाई आफ्नो व्यक्तिगत उपयोगका लागि दाउरा सङ्कलन गर्नका लागि कुनै समस्या छैन । कर्मचारी कार्यालयकै कामकाजमै व्यस्त हुने भएकाले दाउरा सङ्कलन गर्न भ्याउँदैनन् । त्यसैले कर्मचारीले स्थानीयबाटै दाउरा खरिद गर्छन् । दाउरा सङ्कलन गर्नेले नियमअनुसार शुल्क तिरी दाउरा सङ्कलन गर्नुपपर्ने चामेकी धनमाया विकले बताउनुभयो । 

“शुल्क तिरी दाउरा जम्मा गर्छौैैँ । दाउरा बेच्दा प्रतिभारी रु १५० लिन्छौँ । एक चट्टा दाउरा घरसम्म पु¥याइदिएको रु दश लाग्छ”, उहाँले भन्नुभयो । हरेक गाउँपालिकाले दाउरा सङ्कलनका लागि स्थानीयस्तरमै दाउरा सङ्कलन समिति गठन गर्दै आएका छन् । “समितिको रोहवरमा मात्रै दाउरा सङ्कलन गरिन्छ”, चामे गाउँपालिकास्तरीय दाउरा सङ्कलन समितिका अध्यक्ष अनिता लामा बताउनुहुन्छ । चिसो याममा स्थानीयवासीले आगो ताप्नका लागि दाउराको उपयोग गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण