२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हटिया स्वास्थ्यचौकीको भवन निर्माण

२०७५, २० मंसिर बिहीबार ०६:५१

मङ्सिर २०, गलकोट | बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा हटिया स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । जनतालाई सर्व–सुलभ तरिकाले स्वस्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । 

शहरी विकास कार्यालयको रु दुई करोड १६ लाख १७ हजार लागतमा सो भवन निर्माण गरिएको हो । नयाँ बाटो जुम्ली निर्माण कम्पनीले ठेक्कामार्फत २०७१ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण गरेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको नयाँ बाटो जुम्ली निर्माण सेवाका सञ्चालक कुमार खड्काले बताउनुभयो । 

“हाल सेवा दिइरहेको स्वास्थ्य चौकी भवन निकै पुरानो र साघुँरो छ” हटिया स्वास्थ्यचौकीका प्रमुख तथा वरिष्ठ स्वास्थ्य सहायक दिलु सुवेदीले भन्नुभयो, “बिरामीलाई भौतिक संरचनाको अभावमा एउटै कोठाबाट फरकफरक सेवा दिन बाध्य थियौँ नयाँ भवनम सरेपछि यस्तो समस्या हटेर जानेछ ।” सुवेदीका अनुसार अन्य वडाका स्वास्थ्यचौकीमा भन्दा यहाँ बिरामीको चाप धेरै हुने गरेको छ । बर्थिङ सेन्टरका लागि छिमेकी वडा काँठेवास, दुदीलाभाटी तथा हरिचौरबाट समेत गर्भवती आउने गरेको हुँदा नयाँ भवनले सेवा प्रवाहमा निकै सहज पुर्याउने सुवेदीको भनाइ रहेको छ ।

भुकम्प प्रतिरोधी १७ कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डार कक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकासका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । हटिया स्वास्थ्यचौकीबाट गलकोट नगरपालिका–३ हटियालगायत छिमेकी वडाका बासिन्दाले सेवा लिँदै आएका छन् । कार्यालयका अनुसार बुङ्गादोभान स्वास्थ्यचौकी पनि निर्माण सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै