२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हटिया स्वास्थ्यचौकीको भवन निर्माण

२० मंसिर २०७५, बिहीबार ०६:५१

मङ्सिर २०, गलकोट | बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा हटिया स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ । जनतालाई सर्व–सुलभ तरिकाले स्वस्थ्य सेवा पुर्याउन सुविधा सम्पन्न भवन निर्माण गरिएको शहरी विकास तथा भवन कार्यालयले जनाएको छ । 

शहरी विकास कार्यालयको रु दुई करोड १६ लाख १७ हजार लागतमा सो भवन निर्माण गरिएको हो । नयाँ बाटो जुम्ली निर्माण कम्पनीले ठेक्कामार्फत २०७१ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण गरेर शहरी विकास तथा भवन कार्यालयमार्फत स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तान्तरणको तयारी भइरहेको नयाँ बाटो जुम्ली निर्माण सेवाका सञ्चालक कुमार खड्काले बताउनुभयो । 

“हाल सेवा दिइरहेको स्वास्थ्य चौकी भवन निकै पुरानो र साघुँरो छ” हटिया स्वास्थ्यचौकीका प्रमुख तथा वरिष्ठ स्वास्थ्य सहायक दिलु सुवेदीले भन्नुभयो, “बिरामीलाई भौतिक संरचनाको अभावमा एउटै कोठाबाट फरकफरक सेवा दिन बाध्य थियौँ नयाँ भवनम सरेपछि यस्तो समस्या हटेर जानेछ ।” सुवेदीका अनुसार अन्य वडाका स्वास्थ्यचौकीमा भन्दा यहाँ बिरामीको चाप धेरै हुने गरेको छ । बर्थिङ सेन्टरका लागि छिमेकी वडा काँठेवास, दुदीलाभाटी तथा हरिचौरबाट समेत गर्भवती आउने गरेको हुँदा नयाँ भवनले सेवा प्रवाहमा निकै सहज पुर्याउने सुवेदीको भनाइ रहेको छ ।

भुकम्प प्रतिरोधी १७ कोठाको दुई तले भवनमा प्रशासनिक, स्वास्थ्यकर्मी आवास, बिरामी उपचार, औषधि भण्डार कक्षको छुट्टाछुट्टै व्यवस्था गरिएको शहरी विकासका इञ्जिनीयर तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो । हटिया स्वास्थ्यचौकीबाट गलकोट नगरपालिका–३ हटियालगायत छिमेकी वडाका बासिन्दाले सेवा लिँदै आएका छन् । कार्यालयका अनुसार बुङ्गादोभान स्वास्थ्यचौकी पनि निर्माण सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै