पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर २०, काठमाडौं | कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे शोधपुछ गर्न समातिएका तीन जनालाई प्रहरीले बुधबार नै छोडेको छ ।

उनीहरूलाई सोधपुछका लागि दिउँसो बोलाइएको र साँझ छोडिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले बताए।

काठमाडौंबाट पक्राउ परेका युवाको भने थुनामा राखेर बयान र प्राविधिक जाँच भइरहेको जनाइएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार ती यूवाले नाम लिएका अन्य मानिसहरूसँग पनि प्रहरीले बयान लिँदैछ ।

अनुसन्धान पूरा भएर एकीन नभएसम्म बाहिर नभन्ने गरी काम गरिरहेको सोतले जनाएको ।

शंकाष्पद गतिविधिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ती युवालाई समातेको थियो।

४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन ।