२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका तीन स्थानिय तहमा आज देखि घुम्ती शिविर सञ्चालन

२०७५, २२ मंसिर शनिबार १०:५४

कृष्ण बिष्ट | मंसिर २२, बैतडी | जिल्ला प्रसासन कार्यालय बैतडीको संयोजनमा जिल्लाको तल्लोस्वराडमा  आज देखि एकिकृत घुम्ती शिविर सञ्चालन सुरु भएको छ । जिल्लाका दुर्गम भेगमा रहेका जनतालाई गाउघरमै सेवा दिन “एकिकृत घुम्ति शिविर २०७५” को आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिनुभयो । सिबिर  शनिबार र आयतबार  शिवनाथ गाउपालिकामा त्यसैगरि २४ र २५ गते पञ्चेश्वर गाउँपालिकामा र २६ गते मेलौली नगरपालिकामा घुम्ती शिविर सञ्चालन भएको हो ।

 शिविरमा जिल्ला प्रशासन कार्यालय बाट नयाँ नागरिकता वितरण , शत्रु मर्दन गुल्म (नेपाली सेना) एवं जिल्ला स्वास्थ्य कार्यालय बाट स्वास्थ्य शिविर (बिरामी चेकजाँच एवं औषधी वितरण), जिल्ला प्रहरी कार्यालय बाट शान्ति सुरक्षा प्रदान गर्ने एवं सामुदायिक प्रहरीको अवधारणाको प्रस्तुतीकरण,घरेलु तथा साना उद्योग विकास समिति बाट उद्योग दर्ता सम्बन्धी परामर्श सेवा प्रदान गर्ने , जिल्ला हुलाक कार्यालयले हुलाक टिकट बिक्री बितरण गर्ने भएको छ । 

यसका साथै भेटनरी अस्पताल, पाटन बाट पशु स्वास्थ्य परिक्षण एवं औषधी वितरण गर्ने,जिल्ला निर्वाचन कार्यालय बाट फोटो सहितको मतदाता नामावली संकलन गर्ने , सुख्खा फलफुल विकास केन्द्र बाट सिजन अनुसारका बिउ बिजन वितरण, बुकलेट बितरण गर्ने र डिभिजन वन कार्यालय बाट वन्यजन्तु तथा वन सम्पदा संरक्षण सम्बन्धी परामर्श सेवा दिइने भएको छ । त्यस भेगका नागरिकलाई शिविरमा आई सेवा लिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा