४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिवेणीमा १५ समूहले प्रस्तुत गरे मौलिक नृत्य (तस्विरमा हेर्नुहोस्)

२२ मंसिर २०७५, शनिबार १२:०२

मङ्सिर २२, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पवित्र धार्मिक स्थल त्रिवेणी तिर्थशाला धामको प्रांगणमा मारुनी, पुरुसुङे र मादलेले भरपुर मनोरञ्जन दिए । साथै उनीहरुले उहिलेको जमानाको याद पनि दिलाए । कार्यक्रममा त्रिवेणीका ६ वटै वडाबाट १५ वटा समूहले पैस्यारु, सोरठी र बनगाडी टप्पा नाच प्रस्तुत गरेका छन् ।


त्रिवेणी ३ को पैस्यारु नृत्यको गुरु धनविर ओलीले सयौँ जनाको विचमा आफ्नो गाउँको पुरानो नाच देखाउन पाउँदा खुसि व्यक्त गरे । उनले भनेका छन्, ‘पहिलेपहिले गाउँघरमा मेला, पर्व, विवाह, चाडवाडमा सोरठी, पैस्यारु नाच नाचिन्थ्यो । हाम्रो संस्कृतीको मलाइ निकै माया लाग्छ । तर पछाडीका सन्तानले यो कला संस्कृती चटक्कै विर्सने हुन् की भनेर चिन्ता लाग्छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले मौलीक नृत्य सम्मेलनको आयोजना गरेर त्रिवेणी गाउँपालिकाले गाउँठाउँका मौलीक संस्कृती संरक्षणतर्फ सबैलाइ जागरुक बनाएको बताए । यस्तै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारिले कला संस्कृतीमा धनी जिल्ला सल्यानमा मौलिकता जोगाउन पर्याप्त पहल हुन आवश्यक रहेकोमा जोड दिए । यस्तै प्रमुख जिल्ला अधिकारि कमलराज ढकालले बनगाडी टप्पा, सोरठी सल्यानको सम्पत्ती र पहिचान भएकाले यसलाइ दर्ता गरेर संरक्षण गर्नुपर्ने तथा यसलाइ नै पर्यटक भित्राउने र आर्थीक उन्नतीको माध्यम बनाउनुपर्ने धारणा राखे ।


गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा गाउापालिका अध्यक्ष मान बहादुर डागीले आफुहरुले कुन वडामा कस्ता मौलिक संस्कृती रहेछन् भनेर यो पटक कार्यक्रम राखेको बताउँदै मौलिक संस्कृती संरक्षणमा गाउँपालिकाले निरन्तर कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले मन्तव्य राख्दै एक दर्जन बढि समूहलाइ बोलाएर मौलिक नृत्य सम्मेलन गर्न सफल भएको भन्दै गाउँपालिकाको प्रशंशा गरेका थिए ।

पत्रकार शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा नेपाली सेना सिमखर्क व्यारेकका गुल्मपती रामकृष्ण श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाही, शशस्त्र प्रहरी सल्यान जिल्ला प्रमुख विमल डाँगी, त्रिवेणीका प्रमुख प्रशसकीय अधिकृत रेमन्त बहादुर डाडी, ६ वटै वडाका वडाध्यक्षहरु, पत्रकार लगाएतको सहभागीता रहेको गाउँपालिकाका सूचना अधिकारि गोपाल केसीले जानकारि दिएका छन् । कार्यक्रममा सहभागी भएका हरेक समूहलाइ प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

सोरठीको लागी त्रिवेणीको पिमखोला उद्गम थलो मानिन्छ । यहिबाट सल्यानभर सोरठी फैलिएको बताइन्छ । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पछि केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।

यस्तै लहरे नाचले पनि परिचीत पैस्यारु नाचमा सबैजना गोलो घेरामा नाच्ने गर्दछन् । मगर भाषाको पैस्यारुको अर्थ केलाउँदा पै भनेको काठको कोसिको बिट र स्यारुको अर्थ नचारु भन्ने हुन्छ । यसरि काठको कोसिको बिट जस्तै गोलो आकारमा नाच्ने भएकाले यसलाइ पैस्यारु नाच भन्ने गरिएको यस सम्बन्धी जानकारहरुले बताउने गर्छन् । कतै कतै लहरे नाचलाइ ढिकुरे नाच पनि भन्ने गरेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ