२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

त्रिवेणीमा १५ समूहले प्रस्तुत गरे मौलिक नृत्य (तस्विरमा हेर्नुहोस्)

२०७५, २२ मंसिर शनिबार १२:०२

मङ्सिर २२, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पवित्र धार्मिक स्थल त्रिवेणी तिर्थशाला धामको प्रांगणमा मारुनी, पुरुसुङे र मादलेले भरपुर मनोरञ्जन दिए । साथै उनीहरुले उहिलेको जमानाको याद पनि दिलाए । कार्यक्रममा त्रिवेणीका ६ वटै वडाबाट १५ वटा समूहले पैस्यारु, सोरठी र बनगाडी टप्पा नाच प्रस्तुत गरेका छन् ।


त्रिवेणी ३ को पैस्यारु नृत्यको गुरु धनविर ओलीले सयौँ जनाको विचमा आफ्नो गाउँको पुरानो नाच देखाउन पाउँदा खुसि व्यक्त गरे । उनले भनेका छन्, ‘पहिलेपहिले गाउँघरमा मेला, पर्व, विवाह, चाडवाडमा सोरठी, पैस्यारु नाच नाचिन्थ्यो । हाम्रो संस्कृतीको मलाइ निकै माया लाग्छ । तर पछाडीका सन्तानले यो कला संस्कृती चटक्कै विर्सने हुन् की भनेर चिन्ता लाग्छ ।’

कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले मौलीक नृत्य सम्मेलनको आयोजना गरेर त्रिवेणी गाउँपालिकाले गाउँठाउँका मौलीक संस्कृती संरक्षणतर्फ सबैलाइ जागरुक बनाएको बताए । यस्तै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारिले कला संस्कृतीमा धनी जिल्ला सल्यानमा मौलिकता जोगाउन पर्याप्त पहल हुन आवश्यक रहेकोमा जोड दिए । यस्तै प्रमुख जिल्ला अधिकारि कमलराज ढकालले बनगाडी टप्पा, सोरठी सल्यानको सम्पत्ती र पहिचान भएकाले यसलाइ दर्ता गरेर संरक्षण गर्नुपर्ने तथा यसलाइ नै पर्यटक भित्राउने र आर्थीक उन्नतीको माध्यम बनाउनुपर्ने धारणा राखे ।


गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रममा गाउापालिका अध्यक्ष मान बहादुर डागीले आफुहरुले कुन वडामा कस्ता मौलिक संस्कृती रहेछन् भनेर यो पटक कार्यक्रम राखेको बताउँदै मौलिक संस्कृती संरक्षणमा गाउँपालिकाले निरन्तर कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले मन्तव्य राख्दै एक दर्जन बढि समूहलाइ बोलाएर मौलिक नृत्य सम्मेलन गर्न सफल भएको भन्दै गाउँपालिकाको प्रशंशा गरेका थिए ।

पत्रकार शंकर केसीले सहजीकरण गरेको कार्यक्रममा नेपाली सेना सिमखर्क व्यारेकका गुल्मपती रामकृष्ण श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाही, शशस्त्र प्रहरी सल्यान जिल्ला प्रमुख विमल डाँगी, त्रिवेणीका प्रमुख प्रशसकीय अधिकृत रेमन्त बहादुर डाडी, ६ वटै वडाका वडाध्यक्षहरु, पत्रकार लगाएतको सहभागीता रहेको गाउँपालिकाका सूचना अधिकारि गोपाल केसीले जानकारि दिएका छन् । कार्यक्रममा सहभागी भएका हरेक समूहलाइ प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो ।

सोरठीको लागी त्रिवेणीको पिमखोला उद्गम थलो मानिन्छ । यहिबाट सल्यानभर सोरठी फैलिएको बताइन्छ । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पछि केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।

यस्तै लहरे नाचले पनि परिचीत पैस्यारु नाचमा सबैजना गोलो घेरामा नाच्ने गर्दछन् । मगर भाषाको पैस्यारुको अर्थ केलाउँदा पै भनेको काठको कोसिको बिट र स्यारुको अर्थ नचारु भन्ने हुन्छ । यसरि काठको कोसिको बिट जस्तै गोलो आकारमा नाच्ने भएकाले यसलाइ पैस्यारु नाच भन्ने गरिएको यस सम्बन्धी जानकारहरुले बताउने गर्छन् । कतै कतै लहरे नाचलाइ ढिकुरे नाच पनि भन्ने गरेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै