२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा कर्णाली प्रदेशको पहिलो बैठक, एकताको सन्देश दिन एक महिने अभियान

२०७५, २२ मंसिर शनिबार १५:३१

मङ्सिर २२, सुर्खेत | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो बैठकले प्रदेश सरकारका कामहरु प्रभावकारी नभएको निश्कर्ष निकालेको छ । पार्टी एकता पछि शनिबार बसेको पहिलो प्रदेश कमिटी बैठकले सरकारको समीक्षा गर्दै सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको, दुई आर्थिक बर्षको बजेट विनियोजनमा बिचौलियाको चंगुलमा फसेको तथा कर्णाली समृद्धिका लागि प्रभावकारी योजना बनाउन नसकेको निश्कर्ष निकालेको छ ।

बैठकले प्रदेश सरकारको अप्ठ्यारो र बाध्यतालाई समेत छलफल गरेको छ । कर्मचारी समायोजनमा भएको ढिलाईले सरकारले आवश्यक गति दिन नसकेको भन्दै तत्काल त्यसको विकल्प खोजी आवश्यक कर्मचारी पुर्ती गर्नु पर्ने र आवश्यक सहयोगका लागि संघीय सरकारसंग माग गर्ने बैठकले निर्णय गरेको बताइएको छ । ‘सरकारले जनअपेक्षा सम्बोधन गर्ने गरी काम गर्न सकेन भन्ने बिषयमा पनि बैठकले समीक्षा गरेको छ’ नेकपा प्रदेश कमिटी सदस्य कुर्मराज शाहीले भने ।

पार्टी एकता भएको लामो समयसम्म पनि कर्णाली प्रदेश सभामा संसदीय दलको नेता छान्न नसकेको बिषय पनि बैठककको एजेण्डा बनाइएको छ । कर्णाली प्रदेशमा नेकपा संसदीय दलको नेताविहीन भएकोप्रति प्रदेश कमिटीका सदस्यहरुले चिन्ता व्यक्त गरेका छन्  । शनिबारको बैठकमा बोल्ने अधिकांश सदस्यले संसदीय दलको नेता चयन गरी निकास खोज्न प्रदेश कमिटीको ध्यानाकर्षण गराएको बताइएको छ । 

बैठकले तत्कालका लागि संसदीय दलको नेता परिवर्तन गर्न नसकिने संकेत गरेको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार तत्कालिन एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय दलको नेतामा दावी गरे पनि अबको ढेड बर्षसम्म महेन्द्रबहादुर शाहीलाई नै संसदीय दलको नेता बनाउने भएको हो । ‘मुख्यमन्त्री शाहीलाई मानेर यामलाल कमरेडले संसदीय दलको नेता हुने दावी गर्नु भएको छ’ एक सदस्यले भने, ‘संवैधानिक बाध्यताले पनि त्यस्तो सम्भव नभए पछि हाललाई दलको नेता शाही नै हुने सम्भावना छ ।’ 


कर्णाली प्रदेशका सह इन्चार्जसमेत रहेका यामलाल कँडेल भने नेकपाको पहिलो प्रदेश कमिटी बैठकमा अनुपस्थित रहे । पार्टीले बनाएको प्रदेश कमिटी र कर्णाली प्रदेशको संसदीय दलको नेता छनौटको बिषयमा असन्तुष्टि राख्दै आएका कँडेलले पार्टीको स्थायी कमिटि बैठक पछि मात्र अन्य समितिको बैठकमा जाने बताएको ती सदस्यले बताए ।

नेकपाको बैठकले पार्टी एकताको सन्देश स्थानीय तहसम्म पुर्याउन एक महिने अभियान थाल्ने निर्णय गरेको छ । पार्टीले आर्थिक र समाजिक क्रान्तिका लागि गर्ने योजना तथा कर्णाली समृद्धिको मार्गचित्रलाई गाउँसम्म पु¥याउन एक महिने अभियान थालिने बताइएको छ । शनिबारको पहिलो बैठकले पार्टीको कर्णाली प्रदेशमा रहेका साविकका दुई पार्टीको चल अचल सम्पत्ती एकीकृत गर्ने, कार्यालयहरु व्यवस्थापन गर्ने तथा बैचारिक र सैद्धान्तिक एकतालाई स्थानीय तहसम्म लैजाने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने