२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अब महोत्तरीको सर्पदंश उपचार केन्द्र सुविधा सम्पन्न

२०७५, २३ मंसिर आईतवार ०५:५०

मङ्सिर २३, बर्दिवास (रासस) | पर्याप्त उपकरणको अभाबमा उपचारमा समस्या झेल्दै आएको महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र सुविधासम्पन्न हुँदै आएको छ । 

केन्द्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (अल्टरनेटिभ इनर्जी प्रमोसन सेन्टर) ले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गरिदिएपछि उपचारका लागि उक्त केन्दलाई सहज भएको सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो ।

सौर्य ऊर्जाका कारण बत्तिको अभाब पूर्ति हुनाका साथै औषधि भण्डारण सहज भएको केन्द्रले जनाएको छ । सौर्य ऊर्जा सञ्चय र प्रवाह गर्न १४ दशमलव चार (१४.४) केडब्लुएचआर क्षमताका १२ भोल्टका १५० एम्पियरका आठ ब्याट्री जडान गरिएका छन् । केन्द्रमा जडित सौर्य ऊर्जामा पाँच केभिए क्षमताको इन्भर्टरले दुई हजार भोल्ट विद्युत् प्रवाह गर्ने अध्यक्ष देवकोटाले बताउनुभयो । 

चट्याङ्ग प्रतिरोधी प्रविधि जडित सौर्य ऊर्जा सञ्चय गर्न आठ अत्याधुनिक प्यानल जडान गरिएका छन् । सौर्य ऊर्जाको सञ्चित प्रकाशले बिरामीको उपचारमा प्रयोग गरिने सक्सेन एपार्टससमेत जडान भएपछि गम्भीर प्रकृतिका सर्पदंशका बिरामीको उपचारमा निकै सहयोग पुगेको केन्द्रले जनाएको छ । रू नौलाखको लागतमा सौर्य ऊर्जा जडान भएपछि विद्युत् महशुलका लागि तिनुपर्ने मासिक रू १५ हजार बचत भएको छ ।

नियमित प्रकाश र भेन्टिलेटर सुविधासहितको सघन उपचारकक्षको आवश्यकता औँल्याइँदै आएकामा सौर्य ऊर्जा जडान भएपछि अब थप उपकरणका लागि सरकारको ध्यानाकर्षण गराइएको उक्त केन्द्रले जनाएको छ । 

विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको उपचार केन्द्रमा हालसम्म करीब दुई हजारले उपचार सेवा लिइसकेका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रबाट सर्पदंशका बिरामी आउने गरेकामा बर्दिवास नगर क्षेत्रबाट मात्रै बितेका चार वर्षको अवधिमा ६०० सर्पदंशका बिरामी उपचार गराउन आएका थिए यस भेगमा अत्यन्त विषालु गोमन र करेत सर्पको बिगबिगी रहेको पाइन्छ ।यस केन्द्रमा नेपाली सेनाले छ दक्ष प्राविधिक उपलब्ध गराउँदै आएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै