२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका दुर्गम गाउँमै नागरिकता प्रदान

२०७५, २३ मंसिर आईतवार ०६:४३

मङ्सिर २३, बैतडी (रासस) | जिल्लाको दुर्गम तल्लोस्वराडको शिवनाथ गाउँपालिकामा शनिबारदेखि घुम्ती शिविर सञ्चालन भएको छ । 

जिल्ला प्रशासन कार्यालय बैतडीको समन्वयमा सञ्चालन भएको शिविरको पहिलो दिन शर्मालीका २५० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले जानकारी दिनुभयो । शिविरमा जिल्ला निर्वाचन कार्यालयले १५० जनाको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिएको उहाँले बताउनुभयो । 

शिविरमा सुख्खा फलफूल विकास केन्द्रले विभिन्न तरकारीको बीउ वितरण गरेको छ भने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पशुको लागि औषधि वितरण गरेको छ । 

शिविरमा घरेलु तथा साना उद्योग, नेपाल प्रहरी, जिल्ला हुलाक कार्यालय लगायतका सरकारी कार्यालयले सेवा दिएका छन् । आफ्नै गाउँघरमा सरकारी सेवा प्राप्त गरेपछि स्थानीयवासी खुशी भएका छन् । 

आज शिवनाथको सुल्लेखानमा शिविर सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो । मङ्सिर २४ र २५ गते पञ्चेश्वरको कुलाउमा शिविर सञ्चालन हुनेछ भने २६ र २७ गते मेलौलीमा शिविर सञ्चालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा