२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीलाई स्विटर वितरण

२०७५, २४ मंसिर सोमबार ०५:५८

मङ्सिर २४, काठमाडौँ | गौरीघाटस्थित बाल सारथी स्कूलका १०० विद्यार्थीले जाडोमा न्यानो स्विटर उपहार पाएका छन् । 

टेनेस्सी, अमेरिकामा बसोबास गर्दै आएका नेपालीको सामाजिक संस्था ‘नेपाली सोसाइटी चाट्टानुगा, टेनेस्सी’की सदस्य कृष्णा महर्जनको पहलमा सङ्कलित रकमबाट बाल सारथीका विद्यार्थीलाई आइतबार स्विटर वितरण गरिएको हो । 

काब्य स्कूल नयाँबानेश्वर र विष्णु बाँस्कोटा फाउण्डेशनको अमेरिकी भगीनि संस्था ‘निकेल्स फर नेपाल’ मार्फत अमेरिकामा सङ्कलित रकम पठाएर बालसारथीका केटाकेटीलाई स्विटर दिइएको हो । 

काब्य स्कूलका संस्थापक प्रिन्सिपल तथा विष्णु बाँस्कोटा फाउण्डेशनका अध्यक्ष नवराज बाँस्कोटा, काब्य स्कूलका निर्देशक सुनिलकुमार घर्ती तथा कृष्णा अमात्यका दिदी लक्ष्मी महजर्नले स्विटर बालसारथीका विद्यार्थीलाई वितरण गर्नुभएको थियो । 

सोही अवसरमा काब्य स्कूलको तर्फबाट ती विद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरिएको थियो । यसअघि विद्यालयका संस्थापक प्रिन्सिपल माला खरेलले दातालाई रुदाक्षको माला लगाएर स्वागत गर्नुभएको थियो । 

तीनै संस्थाको सहयोगमा गत वर्ष बालसारथीका विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिइएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो