२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ओखर बगैँचा स्थापना हुँदै

२०७५, २४ मंसिर सोमबार ११:१४

मङ्सिर २४, बैतडी | फलफूल खेतीबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैँचा स्थापना गरिने भएको छ । 

बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफलमा ओखरको बगैँचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । ओखरका बिरुवा ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइने भएको छ । बगैँचा स्थापना गर्ने किसानलाई प्रस्ताव ल्याउन कार्यालयले आग्रह गरेको छ । 

बैतडीको सुर्नया गाउँपालिका–२ र ३, दशरथचन्द नगरपालिका–९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाका–४, पाटन नगरपालिका–१ र ९, सिगास गाउँपालिका, मेलौली नगरपालिका र पुरचौँडी नगरपालिकामा बगैंँचा स्थापनाका लागि कार्यक्रम स्वीकृत भएको छ । 

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका–४ र ५, मालिकार्जुन गाउँपालिका–२,४ र ८, ब्याँस गाउँपालिकाको सुनसेरा, नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैँचा स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको छ । ओखरखेती गर्ने किसानले पुस १० गतेभित्र कृषि ज्ञान केन्द्र बैतडीमा प्रस्ताव पेश गर्नुपर्नेछ । अत्यधिक माग भएकाले ओखरबाट किसानलाई आत्मनिर्भर बनाउनका लागि बगैँचा स्थापना गर्ने कार्यक्रम ल्याइएको हो । बजारमा ओखर प्रतिकिलो रु ६ सयदेखि रु ८०० मा विक्रि हुने गरेको छ । 

यसैबीच पछिल्लो केही वर्षयतादेखि बैतडीको सतबाँझमा स्याउ फल्न छोडपछि त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ । अन्य फलफूलभन्दा ओखरबाट किसानले पर्याप्त आम्दानी गर्न सक्ने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले जानकारी दिनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा