२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नव निर्मित विद्यालय हस्तान्तरण

२५ मंसिर २०७५, मंगलवार ०७:३४

मङ्सिर २५, रसुवा | रसुवाको नौकुण्ड गाउँपालिका–३ मा स्थित दुप्चेश्वरी आधारभूत विद्यालय भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । 

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएकाले गैरसरकारी संस्था रिकाडो मन्सानारिको आर्थिक सहयोग तथा एशिया अनलुस र कृषि वन प्रतिष्ठानको प्राविधिक सहयोगमा कूल रु एक करोड ७५ लाखको लगानीमा दश कोठे भवन निर्माण गरिएको हो । 

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सांसद मोहन आचार्यले उक्त भवन उद्घाटन गर्नुभएको थियो । 

दुईसय अठचालिस विद्यार्थी अध्ययनरत उक्त विद्यालयको सबै कक्षा भूकम्पले पूर्णक्षति बनाएकाले विद्यार्थी अस्थायी टहरामा बसेर पठ्न बाध्य थिए । हाल छन् । 

विद्यालयलाई आवश्यक शौचालय, सोलार बत्ती, फर्निचरसमेत सोही संस्थाले उपलब्ध गराएको छ । यसैगरी सोही संस्थाको सहयोगमा उक्त गाउँपालिका–४ मा रु ७५ लाख लगानीमा निर्माण गरिएको नमूना प्राथमिक विद्यालय पनि सोमबारै हस्तान्तरण गरिएको छ । सो संस्थाले हालसम्म रसुवामा चारवटा विद्यालय पुनःनिर्माण गरी हस्तान्तरण गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान