२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा हर्न बजाउने दुईसय चालक कारवाहीमा

२५ मंसिर २०७५, मंगलवार ०९:००

मङ्सिर २५, दाङ | तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । 

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मोटरसाइकलका चालकका साथै बस, जीप, कार, ट्र्याक्टर, ट्रक, अटोरिक्साका चालकलाई कारवाही गरिएको छ । 

ती सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । ती मध्ये एक सय चालकलाई स्थलमा नै कारवाही गर्दा जरिवानाबाट रु ५२ हजार राजश्व सङ्कलन भएको छ । एकसय ४ जना चालकले आफुसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आल आलटाल गर्ने बाँकी १०४ चालकको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको टा«फिक प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । 

गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई उपमहानगरपालिका र प्रदेश नम्बर ५ को प्रहरी कार्यालयले बृहत जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । हर्न निषेध घोषणा लगत्तै कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफनो काम कारवाहीलाई तीव्र पारेको छ । ट्राफिक प्रहरीले अहिले बजारका मुख्य चोकमा जेब्रा क्रसिङबाट सर्वसाधारण पैदल यात्रुहरूलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरीका सिकाउँदै आएको छ । 

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरको चार स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा बजारको वीरेन्द्र चोकको नेपालगञ्ज रोड, सल्यान रोड, सुर्खेत रोड र घोराही रोडमा जेब्रा क्रसिङ निर्माण गरिएको हो । ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तथा हर्न निषेध अभियानलाई सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो । जेब्रा क्रसिङ निर्माण भएपछि पैदल यात्रुहरूलाई पनि सडक पार गर्न सजह भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ