Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बसको ठक्करबाट एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर २५, लहान | सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा आज अपराह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।&nbsp;<br></p><p>ठाडीबाट लहानतर्फ आउँदै गरेको ना ४ ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स १० प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहा निवासी ३५ वर्षीया जुमेदा खातुनको मृत्यु भएको प्रहरीले छ । बसलाई उछिन्ने गर्ने क्रममा सो दुर्घटना भएको र घटनास्थलमै खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस</p>