२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘धर्म निरपेक्षताले समाज हिंसात्मक बन्दैछ’

२०७५, २६ मंसिर बुधबार ०३:१५

मङ्सिर २६, सुर्खेत । राप्रपा कर्णाली प्रदेशले धर्मनिरपेक्षताले समाज हिंसात्मक बन्दै गएको बताएको छ । मंसिर २७ र २८ गते सुर्खेतमा हुने पार्टी प्रशिक्षण वारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताईएको हो ।

राप्रपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बुढाले संविधान निर्माणताका नै धर्म निरपेक्षताका विषयमा आफ्नो पार्टीले नोट अफ डिसेन्ट जारी गरेको बताए । उनले अहिलेको संविधानलाई आफुहरुले स्वीकार गरेपनि हिन्दु राज्य स्थापनाका लागी जनमत सृजना गरी शंसोधन गर्ने बताए । निर्वाचनले मात्रै पार्टीको भविष्य निर्धारण गर्दैन उनले भने, ‘पार्टी भित्र केही तालमेल नमिलेर हामीले निर्वाचनमा पराजय भोग्नु प¥यो ।’ तर अव राप्रपा नयाँ शिरावाट अघि वढेकोले आगामी निर्वाचनमा आफुहरु देशको प्रमुख शक्ति भएर आउने दावी उनको छ । ईतिहासमा आफ्नो पार्टीले मुलुकको महत्वपूर्ण पदहरु समालेको स्मरण गर्दै उनले थपे, ‘राप्रपाबाट देशले ४ पटक प्रधानमन्त्री र ३ पटक मन्त्री पाएको सर्वविदितै छ हामी दलिए भाग बण्डामा लाग्ने पक्षमा छैनौं ।’ नेपालमा विदेशीको स्वार्थमा धर्म निरपेक्षता लागु भएको उनको आरोप छ ।


राप्रपा हिन्दु राज्यको पक्षमा भएपनि अन्य धर्मको अस्तीत्व भने स्वीकार गर्ने उनले प्रष्ट पारे । राप्रपा नेपाल र राप्रपा प्रजातान्त्री विचको पार्टी एकतामा पत्रकारले राखेको जिज्ञासामा उनले अवको पार्टी एकता परिपक्क र स्थायी हुने जवाफ दिए । राप्रपा प्रजातान्त्रीकले अहिले ७ ओटै प्रदेशमा पार्टी प्रशिक्षणको क्रमलाई निरन्तर दिएको छ ।  पार्टी प्रशिक्षणका लागी केन्द्रीय अध्यक्ष कमल थापा, सांसद राजेन्द्र लिङदेन लगाएत सुर्खेत आउने नेता बुढाले जानकारी दिए । कर्णाली प्रदेशका सवै गाउ, नगर, जिल्ला एवम् क्षेत्रका नेता तथा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने अध्यक्ष बुढाकोे भनाई थियो । राजसंस्था सहितको हिन्दु राज्य स्थापनाका लागी पार्टीले फाल्गुण ७ गते काठमान्डौमा बृहत आन्दोलन गर्ने तयारी राप्रपाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै