२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको न्यायिक समितिमा २३ उजूरी दर्ता

२६ मंसिर २०७५, बुधबार ११:२०

मङ्सिर २६, दाङ । दाङको शान्ति नगर गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २३ वटा उजूरी दर्ता भएका छन् । न्यायिक समितिका उपाध्यक्ष मिथिला शाहले गत असारसम्म १२ र साउनदेखि हालसम्म ११ वटा गरी जम्मा २३ वटा उजूरी आएको बताउनुभयो । 

उहाँका अनुसार न्यायिक समितिमा आएका उजूरीमध्ये असार मसान्तसम्म सातवटा मुद्दा मिलापत्र भएका छन् । यस आवमा परेका ११ र गतवर्ष जिम्मेवारी सारेर पाँचवटा मुद्दामध्ये चार वटालाई मिलापत्र र चार वटालाई मिलाउनका लागि भन्दै सम्बन्धित वडामा सिफारिस गरी पठाइएको छ भने तीनवटा मुद्दालाई दाङ प्रहरीमा पठाइएको उपाध्यक्ष शाहले जानकारी दिनुभयो । 

हाल न्यायिक समितिमा पाँच थान मुद्दा रहेको र ती मुद्दा प्रक्रियामा रहेका छन् । सो गाउँपालिकाको न्यायिक समितिमा आउने धेरै मुद्दामा घरायसी झैझगडा, खेतीपाती नोक्सानी, कुलोपानी, बाटोघाटो, जग्गा विवाद रहेका छन् । 

गाउँपालिकाको भवन पुरानो र सानो भएकाले इजलासको छुट्टै कोठा नहुँदा साँघुरो कोठामा बसेर काम गर्दा कठिनाइ हुने गरेको उपाध्यक्ष शाहले बताउनुभयो । उहाँले मुद्दा मिलान गर्दा आफूहरूले मेलमिलाप नीतिलाई प्राथमिकता दिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यन्तै चुनौतीपूर्ण तथा संवेदनशील काम गर्नुपर्छ । गम्भीरताका साथ चुनौतीलाई पनि अवसर मानेर काम गरिरहेका छौँ । विज्ञ कर्मचारी भएमा सजिलो हुने थियो ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ