२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा ४६ जना सवार आइचर दुर्घटना: ३० जनाभन्दा बढिको मृत्यु

२०७५, २८ मंसिर शुक्रबार १३:१७

मङ्सिर २८, काठमाडौं । नुवाकोटको ध्याङफेदि सिसिफु–१ मा आइचर दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हताहत भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जानकारी दिएको छ । 

ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको गाडी दुर्घटना भएको हो । ४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढिको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिइन् । 

प्रहरीका अनुसार आइचरमा सवार ४६ जनामध्ये १० जनाको शव भेटिएको र अझै २० जनाभन्दा बढिको हताहत भएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्ने डीएसपी भट्टराईले जानकारी दिए ।  थप विवरण आउन बाँकी । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते