२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोट दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २० पुग्यो, ५ जनाको सनाखत (७ तस्विर हेर्नुहोस्)

२०७५, २९ मंसिर शनिबार ०४:०६

मंसिर २९, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१, घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

बा ३ ख ३९१३ नंं को मिनीट्रक दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईका अनुसार थप २ जनाको पनि मृत्यु भएको छ । १ को अस्पताल लैजाँदै गर्दा र अर्काको उपचारका क्रममा मृत्यु भएको हो ।


दुर्घटनामा तीन महिला र १७ पुरुषको ज्यान गए पनि हालसम्म ५ जनाको मात्रै सनाखत हुन सकेको छ । प्रहरीका अनुसार मृतकमध्ये रिभल तामाङ, आइते तामाङ, रितेश पण्डित, केनम तामाङ र शुकराम तामाङको मात्रै पहिचान खुलेको छ ।

सवारीसाधन अभाव भएपछि घाइतेलाई अवेर राति मात्रै काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याइएका ८ को शिक्षण अस्पताल र ७ जनाको बिपी स्मृति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अधिकांश  सिम्टाङस्थित आफन्तकोमा आयोजित घेवामा सहभागी भएर घर फर्किंदै थिए । मिनीट्रक सडकबाट करिब ५ सय मिटर तल तादी खोलामा खसेको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते