पढ्न करिब 2 मिनेट लाग्छ

पुस २, काठमाडौं | श्रीमानलाई तीन पानाको चिठी लेखेर श्रीमती बेपत्ता भएकी छिन् | बेपत्ता हुनेमा रोल्पा नगरपालिकाकी दिलकुमारी डाँगी रहेकी छन्। मंसिर २६ गते छोरालाई स्कुल पुर्याउन गएकी दिलकुमारी उतैबाट वेपत्ता भएको उनका श्रीमान बखत डाँगीले बताए । दिलकुमारी जाने सम्भावना भएका माइती र आफन्तका घरमा बुझ्दा उनी गएको नपाइएको बखतले जानकारी दिए।

६ वर्ष अगाडी प्रेम बिवाह गरेका २५ वर्षीय बखत र २२ वर्षीया दिलकुमारी ५ वर्षका छोरा छन् । मुटुका रोगी छोराको काठमाडौंको गंगालाल हृदय रोग अस्पतालमा उपचार गराउँदै आएको बुवा बखतले जानकारी दिए।

'सँगै बस्न र सँगै जीवन बिताउन भाग्यमा नलेखेको होला मलाई माफ गरिदिनुहोला म सबैको बोझ भएर बस्नु छैन' उनले चिठ्ठीमा लेखेकी छन्,'सधैंभरी रमाउनु र हाँस्नु बाबुको राम्रो केयर गर्नु, बाबुले मम्मी खोइ भनेर सोधेछ भने तेरो मम्मी पैसा कमाउन गएकी छ भनिदिनु।' दिलकुमारीले चिठीमा आफू पापी भएको र आफूलाई माफ गरिदिन पटक-पटक अनुरोध गरेकी छन्।

बखतका अनुसार केही महिनाअघि दिलकुमारीले विदेश जाने कुरा गरिरहेकी थिइन् । 'सबै ठीकै भइरहेको थियो एक्कासी कता गइन् थाहा छैन' उनी भन्छन्,'प्रहरीमा खोजिदिन उजुरी गरेको छु।'

बखतका अनुसार श्रीमान-श्रीमतीको कुनै झै-झगडा, मनमुटाव थिएन। विजुली वायिरङको काम गरी जीविका चलाउँदै आएका उनी एक्कासी श्रीमती गायब हुँदा नसोचेको समस्या आइलागेको भन्दै पिरोलिन्छन् ।