२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६ जिल्लाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने पर्यटकीय चक्रपथ निर्माण शुरु

२०७५, ५ पुष बिहीबार ११:१६

पुस ५, सल्यान । सल्यान जिल्लाको एकिकृत पर्यटकीय विकास गर्ने उद्देश्यले ल्याइएको पर्यटकीय चक्रपथ निर्माण योजनाको काम शुरु भएको छ । यस योजनालाइ निकै महत्वको साथ हेरिएको छ । सल्यान जिल्लालाइ छिमेकी जिल्लाहरुको सिमानासंगै परिक्रमा गर्ने गरि चक्रपथ निर्माण कार्य कपुरकोटदेखि शुरु भएको हो ।


स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट चक्रपथ निर्माण कार्य शुरु गरिएको हो । र यस योजनाको लागी संघिय सरकारबाट थप एक करोड रुपैयाँ विनियोजन भएको संघीय प्रतिनिधीसभाका सांसद् टेक बहादुर बस्नेतले बताएका छन् ।

कर्णालिको प्रवेशद्धार कपुरकोटबाट शुरु भएर यस चक्रपथले जिल्ला परिक्रमा गर्ने र फेरि कपुरकोटमै आएर टुंगीने बस्नेतले जानकारि दिए । उनले भनेका छन्ः ‘सल्यान जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा यो चक्रपथले निकै लाभदायी हुने छ । मेरै कार्यकालमा यो योजना सफल पारिने छ ।’ स्थानीय तहहरुसंगको समन्वयमा यो रणनैतीक महत्वको योजना अघि बढाइएको जनाउँदै पूर्व सामान्य प्रसाशन मन्त्री समेत रहेका वस्नेतले शुरुमा कपुरकोट गाउँपालिकासंग समन्वय र छलफल गरेर निर्माण कार्य शुरु गरिएको बताए ।

उनका अनुसार करिव २६० किलोमिटर सडक निर्माण भएमा सल्यान परिक्रमा गर्ने चक्रपथ पुरा हुन्छ । अहिले विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा १२० किलोमिटर निर्माण गरिसकेका छन् । साथै यहि आर्थीक वर्षमा यस चक्रपथलाइ जोड्ने सडकका लागी बागचौर नगरपालिकाले ५० लाख, दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाले २०÷२० लाख र कुमाख गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

सांसद् वस्नेतले भने, ‘बाँकी रहेको १४० किलोमिटर नयाँ सडक निर्माण गर्न केहि चुनौती रहेपनि हामी अवश्य सफल हुनेछौँ ।’ निर्माण उपभोक्ता समितीमार्फत सडक खन्न शुरु गरिएको उनले बताए । यस चक्रपथले दाङ, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम र रोल्पाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने छ ।  

चक्रपथ निर्माण कार्यको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले चक्रपथ निर्माण हुनु सल्यानीको लागी सुखद् कुरा भएपनि सडक फराकिलो र धु्लो, हिलो मुक्त हुनुपर्नेमा जोड दिए । समयमै योजना सम्पन्न गर्नु ठूलो कुरा भएको बताउँदै उनले विचमै योजना अलपत्र हुन नहुने बताए ।

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का कर्णालि प्रदेश कमिटी सदस्य भिम बहादुर सेनले यस चक्रपथले कपुरकोटको सम्भावनालाइ उजागर गरेको बताउँदै सबै मिलेर योजना सफल पार्नुपर्ने बताए । कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगर, नेकपा प्रदेश कमीटी सदस्यहरु भद्रसिंह बुढा, कृति बहादुर पुन लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै