४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

६ जिल्लाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने पर्यटकीय चक्रपथ निर्माण शुरु

५ पुष २०७५, बिहीबार ११:१६

पुस ५, सल्यान । सल्यान जिल्लाको एकिकृत पर्यटकीय विकास गर्ने उद्देश्यले ल्याइएको पर्यटकीय चक्रपथ निर्माण योजनाको काम शुरु भएको छ । यस योजनालाइ निकै महत्वको साथ हेरिएको छ । सल्यान जिल्लालाइ छिमेकी जिल्लाहरुको सिमानासंगै परिक्रमा गर्ने गरि चक्रपथ निर्माण कार्य कपुरकोटदेखि शुरु भएको हो ।


स्थानीय पूर्वाधार विकास साझेदारी विकास कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको बजेटबाट चक्रपथ निर्माण कार्य शुरु गरिएको हो । र यस योजनाको लागी संघिय सरकारबाट थप एक करोड रुपैयाँ विनियोजन भएको संघीय प्रतिनिधीसभाका सांसद् टेक बहादुर बस्नेतले बताएका छन् ।

कर्णालिको प्रवेशद्धार कपुरकोटबाट शुरु भएर यस चक्रपथले जिल्ला परिक्रमा गर्ने र फेरि कपुरकोटमै आएर टुंगीने बस्नेतले जानकारि दिए । उनले भनेका छन्ः ‘सल्यान जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा यो चक्रपथले निकै लाभदायी हुने छ । मेरै कार्यकालमा यो योजना सफल पारिने छ ।’ स्थानीय तहहरुसंगको समन्वयमा यो रणनैतीक महत्वको योजना अघि बढाइएको जनाउँदै पूर्व सामान्य प्रसाशन मन्त्री समेत रहेका वस्नेतले शुरुमा कपुरकोट गाउँपालिकासंग समन्वय र छलफल गरेर निर्माण कार्य शुरु गरिएको बताए ।

उनका अनुसार करिव २६० किलोमिटर सडक निर्माण भएमा सल्यान परिक्रमा गर्ने चक्रपथ पुरा हुन्छ । अहिले विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा १२० किलोमिटर निर्माण गरिसकेका छन् । साथै यहि आर्थीक वर्षमा यस चक्रपथलाइ जोड्ने सडकका लागी बागचौर नगरपालिकाले ५० लाख, दार्मा गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकाले २०÷२० लाख र कुमाख गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेका छन् ।

सांसद् वस्नेतले भने, ‘बाँकी रहेको १४० किलोमिटर नयाँ सडक निर्माण गर्न केहि चुनौती रहेपनि हामी अवश्य सफल हुनेछौँ ।’ निर्माण उपभोक्ता समितीमार्फत सडक खन्न शुरु गरिएको उनले बताए । यस चक्रपथले दाङ, बर्दिया, सुर्खेत, जाजरकोट, रुकुम र रोल्पाको सिमाना हुँदै सल्यान परिक्रमा गर्ने छ ।  

चक्रपथ निर्माण कार्यको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्टले चक्रपथ निर्माण हुनु सल्यानीको लागी सुखद् कुरा भएपनि सडक फराकिलो र धु्लो, हिलो मुक्त हुनुपर्नेमा जोड दिए । समयमै योजना सम्पन्न गर्नु ठूलो कुरा भएको बताउँदै उनले विचमै योजना अलपत्र हुन नहुने बताए ।

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का कर्णालि प्रदेश कमिटी सदस्य भिम बहादुर सेनले यस चक्रपथले कपुरकोटको सम्भावनालाइ उजागर गरेको बताउँदै सबै मिलेर योजना सफल पार्नुपर्ने बताए । कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगर, नेकपा प्रदेश कमीटी सदस्यहरु भद्रसिंह बुढा, कृति बहादुर पुन लगाएतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ