४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चोरी कार्यमा संलग्न ४ युवक काठमाडौंबाट पक्राउ

६ पुष २०७५, शुक्रबार ०७:४६

पुस ६, काठमाडौँ | महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरी कार्यमा संलग्न चारजनालाई पक्राउ गरेको छ । 

वृत्तको टोलीले विहीबार दिउँसो चार बजेको समयमा पानीपोखरीमा चोरी गर्ने हातहतियार झोलामा राखेर हिँडेको अवस्थामा काभ्रेपलाञ्चोकका १६ वर्षीय प्रज्वल तामाङ, रामेछापका १५ वर्षीय अनिल तामाङ, मकवानपुरका १५ वर्षीय राजीव देउला र दोलखाका १६ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो । 


वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले चोरी गर्न प्रयोग हुने सामान र चोरीका सामानसहित चारजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेकासँग प्रहरीले रु ६६ हजार ५७५ नगद, ल्यापटप तीन थान, मोबाइल नौ थान, आइफोन एक थान, ढलोटको मुर्ति एक थान, सुनको औँठीजस्तो देखिने औँठी एकथान, तिलहरी एक थान, चाँदीको चुरा तीन थान, पुजाका सामाग्रीहरू, पेचकस एक थान, छिनो दुई थान, घडी एक थान, दाउ एक थान, हाते ब्याग एक थान र लुगा बोक्ने झोला दुई थान बरामद गरेको छ । 

चारजनाले चोरेर ल्याएको सामान कामनपा—१७ ढल्कुस्थित लक्ष्मीनारायण तण्डुकारको घरको दोस्रो तलामा अनिल तामाङले लुकाएर राख्ने गरेको अनुसन्धानमा खुलेको प्रसाईँले बताउनुभयो । पक्राउ परेकासँग थप अनुुसन्धान भइरहेको वृत्तले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ