२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङ बस दुर्घटनामा मृत्यु भएका २२ जनाको शव अस्पतालमा

७ पुष २०७५, शनिबार ०२:०५

पुस ७, दाङ | तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा बिहिबार भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव राप्ती अञ्चल अस्पतालमा ल्याइएको छ । मृतकमध्ये चार महिला र १८ पुरुष रहेको र सबै शव राति ३ बजेसम्म उक्त अस्पतालमा ल्याइसकिएकाले सनाखत पनि छिटै गरिने उहाँले बताउनुभयो । 

सो दुर्घटनामा परी अन्य १५ जना गम्भीर घाइते भएका र उनीहरूको सोही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि गए राति नै कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । 

शुक्रबार अपरान्ह ४ बजेर ५० मिनेटमा विद्यार्थी र शिक्षक चढेको बा४ख ९७६६ नंको बस दुर्घटना भएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र स्थानीयवासी उद्धारका लागि खटिएका थिए । 

घोराही स्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरी तुलसीपुरतर्फ फर्कने क्रममा बेलुका बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । अठतीस यात्रु सवार गरेका उक्त बस करिव सातसय मिटर तल खसेको थियो । बसमा ३२ विद्यार्थी, तीन गाडीका कर्मचारी, दुई शिक्षक र एक शिक्षालयका कार्यालय सहयोगी रहेको जनाइएको छ । 

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । घोराही उपमहानगरपालिका–३का ३२ वर्षीय बसचालक मदन केसी, वडा नं २७ का २८ वर्षीय प्रदीप घिमिरे, दङ्गीसन गाउँपालिका–१ का ३० वर्षीय सञ्जित रजगैयाँ, भुमे गाउँपालिका–६ रुकम पूर्वका २८ वर्षीय नरेश वली, घोराही उपमहानगरपालिका–१४का १७ वर्षीय विजय जिएमको सनाखत भएको प्रहरी प्रमुख जीवन शाहीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो