२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा चोरीका सामानसहित चार जना पक्राउ

७ पुष २०७५, शनिबार ०३:२३

पुस ७, गौशाला | महोत्तरी प्रहरीले शुक्रबार चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार गौशाला नगरपालिका–१ स्थित दिनेश मोबाइल रिपेरिङ सेन्टरमा चोरी गरेको आरोपमा स्थानीयवासी रामवीर महतोका छोरा २० वर्षीय दिलीप महतोलाई पक्राउ गरिएको हो । 

पक्राऊ परेका महतोको साथबाट प्रहरीले चोरीका एसर कम्पनीका एक ल्यापटप र त्यसको चार्जर, विभिन्न कम्पनीको पुराना मोबाइल, मोबाइलकै हापकभर, फ्लिप कभर, टेम्पर ग्लास, डाटा केबल, इयरफोन, फोग लाइट र टेस्टर बरामद गरेको थियो ।त्यस्तै भन्सार छली भारतबाट विभिन्न सामान बोकी आएका औरही नगरपालिका–४ का सञ्जीव यादव, हरिदेव राय र शत्रुधन रायलाई सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारबाट सामानसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । 

ज४प ७६३९, ज४प ९१६२ र ज५प २७४० नं का मोटरसाइकलमा आएका उनीहरुका साथबाट प्रहरीले प्रतिबन्धित दोफुल खानेतेल ४० बोतल, फौज ब्राण्डका बारा १५० किलो, चिनी ४०० किलो, पार्लेजी बिस्कुट पाँच कार्टुन बरामद गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न चोरी, चोरी पैठारीका सामानसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो