२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा चोरीका सामानसहित चार जना पक्राउ

२०७५, ७ पुष शनिबार ०३:२३

पुस ७, गौशाला | महोत्तरी प्रहरीले शुक्रबार चोरीका सामानसहित चार जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार गौशाला नगरपालिका–१ स्थित दिनेश मोबाइल रिपेरिङ सेन्टरमा चोरी गरेको आरोपमा स्थानीयवासी रामवीर महतोका छोरा २० वर्षीय दिलीप महतोलाई पक्राउ गरिएको हो । 

पक्राऊ परेका महतोको साथबाट प्रहरीले चोरीका एसर कम्पनीका एक ल्यापटप र त्यसको चार्जर, विभिन्न कम्पनीको पुराना मोबाइल, मोबाइलकै हापकभर, फ्लिप कभर, टेम्पर ग्लास, डाटा केबल, इयरफोन, फोग लाइट र टेस्टर बरामद गरेको थियो ।त्यस्तै भन्सार छली भारतबाट विभिन्न सामान बोकी आएका औरही नगरपालिका–४ का सञ्जीव यादव, हरिदेव राय र शत्रुधन रायलाई सम्सी गाउँपालिका–१ स्थित पर्सा बजारबाट सामानसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । 

ज४प ७६३९, ज४प ९१६२ र ज५प २७४० नं का मोटरसाइकलमा आएका उनीहरुका साथबाट प्रहरीले प्रतिबन्धित दोफुल खानेतेल ४० बोतल, फौज ब्राण्डका बारा १५० किलो, चिनी ४०० किलो, पार्लेजी बिस्कुट पाँच कार्टुन बरामद गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न चोरी, चोरी पैठारीका सामानसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै