२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

चौताराको पिपल काटिन्छ, अनि कागजमा मिलाईन्छ (पत्र सहित)

२०७२, १३ माघ बुधबार ०८:१९

dang news

सन्तोषकुमार गुप्ता । माघ १३, दाङ । सार्वजनिक क्षेत्रको कुनै पनि वनपैदवार कटान, छटान, ढलान गर्न नपाईने भए पनि भालुवाङ्ग पुल्चोकको सार्वजनिक चौतारोको पिपल कानुन विपरीत कटान गरिएको छ ।

वन ऐन विपरित पिपल रुख कटान गरिए पनि त्यसलाई कागजमा मिलापत्र गरिएको छ । पुल्चोक बजार स्थीत राप्ती सार्वजनिक यातायात व्यवसाय समितीको बुकिङ्ग काउन्टर नजिक रहेको पिपलचौतारीको रुखको हाँगाले घरमा असर गरेको भन्दै स्थानिय पुल्चोकबासी लुम्बिनी होटेल एण्ड लजका सञ्चालक सन्तबहादुर पुनले सम्बन्धित वन कार्यालय तथा स्थानियबासीहरुको सहमति बिना कटान गरे पछि बिबाद भएको थियो । मंगलबार दिउँसो पुनले रुखको हँगा कटाई रहेको बेला स्थानिय पुल्चोकबासीले नकाट्न बारम्बार आग्रह गर्दा पुन आर्कोशित हुँदै मनोमानी र्ढगले रुख काट्न नछोडे पछि स्थानियबासीहरुले जिल्ला वन कार्यालय दाङ्गलाई खबर गरेका थिए ।

खबर पाए पछि बुधबार बिहानै जिल्ला वन कार्यालय दाङ्गका सहायक वन अधिकृत रामाज्ञाप्रसाद शाह, वन प्राविधिक बिष्णु पोख्रेल, वनपाले सहित आएको टोलीले पुल्चोक बजार जंगलक्षेत्र रहेको अवस्थामा वन कार्यालयको अनुमति बेगर रुख कटान गरेका पुनलाई वन ऐन २०४९ अनुसार कार्वाही गर्नुको साटो वन ऐन विपरित पुनलाई जबरजस्ती माफी मगाई पुन आर्को पटक रुख नकाट्ने सर्तमा बिना जरिबाना स्थानिय पूलचोकबासीहरुको रोहबारमा मिलापत्र गरिएको हो । वन ऐन २०४९ तथा वन निमावली २०५१ अनुसार वन क्षेत्र भित्रका कनै वनपैदावार तथा त्यसको हाँगाबिङ्गा समेत काट्न नपाईने प्रवाधान रहेको छ, तर कसैले अटेर गरी काटेमा वन नियम अनुसार कडा कार्वाही तथा जरिवाना वा दुई सजाय हुने व्यवस्था छ । यस बिषयमा जिल्ला वन कार्यालय दाङ्गका कार्यालय प्रमुख नवराज काफलेले जंगल क्षेत्रको रुख कटान, छटान तथा ढलान गर्न वन मन्त्रालयको निार्णय चाहिने बताए । जंगलको रुख कटान गर्न वन कार्यालयले पनि अनुमति दिन नमिल्ने भएकोले पुनलाई वन ऐन अनुसार मिलापत्र गर्न नमिल्ने बताए । वन कार्यालयले पुर्जावाल जग्गा भएको सार्वजनिकस्थल मन्दिर, चौतारा, विद्यालय, सरकारी कार्यालय र सडकछेउका रुख कटान गर्न जिल्लाका गठित वन अधिकृत संयोजक रहेको कटान, छटान समितीको अनुगमन पछिको अनुमतिबाट मात्र मिल्ने व्यवस्था रहेको समेत काफलेले बताए । उनले भालुवाङ्ग पुल्चोक पनि जंगल क्षेत्र रहेकोले हामीले अनुमति दिन नमिल्ने भएकोले कटान गर्ने व्यक्तिलाई वन ऐन अनुसार कार्वाही हुनु पर्ने बताए । उनले पुनले काटेको रुखको हाँगा उनको घरलाई क्षति पुग्ने हिसावले काटिएको हुँदा वा ऐनले नमिल्ने भए पनि एक चोटीका लागि स्थानिय राजनितिकदल, संघसंस्थाहरुको आग्रहमा कागज गरिएको काफलेले जानकारी दिए । जुन वन ऐन २०४९ तथा वन निमावली २०५१ विपरित छ ।

पुनले पिपलको हाँगा काटिरहेको बेला हामीले नकाट्न आग्रह गर्यौं तर उहाँ मान्नु भएन बरु हामी संग झगडा गदै मनोमानी ढंगले हाँगा काटे त्यसपछि मात्र जिल्ला वन कार्यालयमा खबर गर्यौं स्थानियबासी लाक्पा सेर्पाले भने, हाम्रा बाउबाजेले रोपेको पिपलको रुखले यहाँ चौतार बनेको छ, यसलाई सबैले संरक्षण गर्नु पर्छ भन्दा पुन परिवार म माथि नै खनिए उनले भने । हामी संग सरसलह गर्नुको साटो यस्तो गर्ने पुनलाई कार्वाही हुनु पर्ने स्थानियबासीले माग समेत गरेका थिए ।

 pipal news

pipal news 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै